भादगाउँको मादीनदी लिफ्ट खानेपानी आयोजनाको अवलोकन

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१ को भादगाउँ खानेपानी संस्था अन्तरगतको मादीनदी लिफ्ट खानेपानी आयोजनको सरोकारवालाहरुले अध्ययन अवलोकन गरेका छन् ।

नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा निर्माणाधिन खानेपानी आयोजनाको अवलोकन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम उपभोक्तामा जतिसक्दो छिटो खानेपानीको पहुँच पुर्‍याउने गरी काम गर्न आग्रह गरे।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले आयोजना गौरवको विषय भएकाले उपभोक्ता, कार्यसमिति र निर्माण कम्पनी सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग उपलब्ध गराउनुपर्ने बताए ।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले वडावासीका लागि खानेपानी प्रशस्त मात्रमा उपलब्ध गराउन आयोजनाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन ।

व्यास नगरपालिका-४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका-१ को अमिली भञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले बताए ।

वि.सं. २०८० भदौमा उक्त आयोजनाको निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको र यसबाट प्रतिसेकेण्ड २६ लिटर पानी बहने क्षमता रहने समितिका व्यवस्थापक इश्वर श्रेष्ठले बताए ।

१५ करोड २४ लाख ३६ हजार रुपैयाँको लागतमा आयोजना निर्माणको जिम्मा लिइएको पराजुली कन्स्ट्रक्सनले कामलाई तीब्रता दिंदै आएको छ ।

नेपालभरका अन्य खानेपानी आयोजनामध्ये १० आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी आयोजना छनोट भएपछि उक्त आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैले बताए ।

साना ठूला गरी चार योजना तथा आयोजनाबाट संकलन हुँदै आएको पानी उपभोक्तालाई वितरण गर्दै आइएको उनले बताए ।

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ र्सार्वजनिक धाराबाट सुरुवात गरिएकामा हालसम्म २ हजार ६०० बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker