पृथ्वीराजमार्ग विस्तार: धुलो र हिलोका कारण सडक छेउका होटल सुनसान

पृथ्वीराजमार्ग विस्तारसँगै धुलो र हिलोका कारण सो राजमार्गमा दैनिक गुड्ने बसका यात्रुको खाजा र खाना खाने गन्तव्य बदलिएको छ । धुलोका कारण राजमार्ग छेउछाउका होटल सुनसान बनेका छन् । पृथ्वी राजमार्गको पोखरादेखि नौविसेसम्मको १७२ किलोमिटर सडक खण्डमध्ये तनहुँको ७२ किलोमिटर सडक विस्तारको काम धमाधम भइरहेको छ । यात्रुले खाजा र खाना नखाँदा व्यवसाय धान्न गाह्रो भएको होटल व्यवसायी बताउँछन् । उनीहरू डेड वर्षेखि राजमार्गको धुलोले सास्ती खेप्दै आएका छन् ।

‘सडक विस्तार अघि खाजा र खाना खान आउने यात्रुको चाप थेगी सक्नु हुन्थेन’, व्यास नगरपालिका-१ नयाँ पुलस्थित होटल सिंहका सञ्चालक भिमसिंह ठकुरीले भने, ‘अहिले होटलमा यात्रु फाट्टफुट्ट आउने गरेका छन्। यात्रु खाना खान नआउँदा हुँदा होटल अन्यत्र सञ्चालन गर्नुपर्छकी भन्ने सोचमा पुगेको छु ।’

सडक विस्तार अघि दैनिक रु १० हजारभन्दा बढीको व्यापार हुने गरेको सिंहले बताए । उनले भने, ‘हाल दैनिक रु एक हजारको व्यापार पनि हुँदैन ।’

यस्तै आँबुखैरेनी गाउँपालिका-१ एक्लेफाँटस्थित पृथ्वीराजमार्ग छेउमा होटल सञ्चालन गर्दै आएका दिवस अधिकारीको दैनिकीसमेत सिंहको भन्दा कम छैन। राजमार्ग विस्तार अघिको व्यापार पछिल्लो समय हृवात्तै घटेके उनले बताए । ‘पहिला ग्राहकको चापले पकाउन र खुवाउन भ्याइनभ्याई हुन्थ्यो’, उनले भने, ‘धुलोले आहत भएपछि ग्राहक नआउँदा होटल बन्द गर्ने अवस्था आएको छ । व्यापार घटेपछी कर्मचारीसमेत कटौती गरिएको छ।’

आँबुखैरेनी-१ एक्लेफाँटस्थित ओपनहार्ट रेष्टुरेण्टका सञ्चालक सुशिल बानियाँले राजमार्ग विस्तारको प्रभाव राजमार्ग छेउछाउका होटलमा प्रत्यक्ष रूपमा परेको उनले बताए । ‘राजमार्ग विस्तारबाट यहाँका होटलमा प्रत्यक्ष असर परेको छ’, उनले भने, ‘राजमार्ग विस्तारपछि पहिलाको जस्तै व्यापार बढ्ने आशमा बसेका छौँ ।’

तनहुँको आँबुखैरेनी, एक्लेफाँट, याम्पा, नयाँ पुल, विमलनगर, डुम्रे, दमौली, थर्पु, जामुने, खैरेनीटार, बेलचौतारा, दुलेगौंडा, कोत्रेलगायत क्षेत्रमा राजमार्ग छेउछाउमा साना ठुला गरी करिव ७५० होटल सञ्चालनमा छन् । क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीका अनुसार संघमा आवद्ध तनहुँका आठ सय होटलमध्ये भिमाद गाउँपालिका बाहेकको करिव ५५० होटल राजमार्ग क्षेत्रमा पर्दछन् । त्यसैगरी संघमा आवद्ध तनहुँका पाँच सय होटलमध्ये करिव दुइ सय होटल राजमार्ग क्षेत्रमा पर्ने उनले बताए।

बन्दिपुर-१ डुम्रेस्थित मुस्ताङ होटलका सञ्चालक समेत रहेका अध्यक्ष जोशीले राजमार्ग विस्तारको क्रममा धुलोले गर्दा आफ्नो होटलमा आउने ग्राहकको संख्या करिव ९० प्रतिशतले घटेको बताए। राजमार्ग क्षेत्रको होटलमा यात्रु नहुँदा अधिकांश होटल व्यवसायीले वित्तिय संस्थाको किस्तासमेत तिर्न नसकेकाले संघले केन्द्रियस्तरबाटै व्याजको व्यवस्था गर्न पटक पटक आग्रह गर्दैआएको उनले सुनाए । उनले भने, ‘धुलोको कारण यात्रुले मुग्लिन र पोखरा क्षेत्रमा मात्र खाजा र खाना खाने गरेका छन् । यसले गर्दा तनहुँ खण्डका व्यवसायी मारमा परेका छन् ।’

होटल व्यवसायी संघ तनहुँका निवर्तमान अध्यक्ष तथा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराइको गुनासो पनि उस्तै छ । राजमार्ग विस्तारले प्रभावित होटललाई न्यून व्याजदरमा ऋणको व्यवस्था गर्न वित्तिय संस्थासँग माग गरे पनि सुनवाई नभएको वरिष्ठ उपाध्यक्ष भट्टराइको भनाइ छ ।

धुलो नियन्त्रणका लागि राजमार्गमा नियमितरूपमा पानी हाल्ने गरेको मुग्लिन पोखरा सडक आयोजना कार्यालयका पश्चिम खण्डकार् इन्जिनियर नारायण पौडेलले बताए । मुग्लिन पोखरा सडक आयोजनाको पूर्वीखण्ड आँबुखैरेनीदेखि जामुनेसम्म ४१ किलोमिटर सडकको ठेक्का चिनिया कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले रु ६ अब २१ करोडमा लिएको छ । सो कम्पनीले २०७८ वैशाख २ गतेदेखि काम सुरु गरेको हो। हाल यस खण्डमा ५३ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको मुग्लिन पोखरा सडक आयोजनाका पूर्वीखण्ड प्रमुख श्याम यादवले बताए ।

यस्तै, जामुनेदेखि पोखरा सडक खण्डको ३८ किलोमिटर सडक विस्तार चिनिया कम्पनी एनहुइ केयुनन हाइवे एण्ड ब्रिजले पाएको छ । कम्पनीसँग २०७८ जेठमा पश्चिम खण्ड विस्तार गर्न रु सात अर्ब ४० करोडमा ठेक्का सम्झौता गरिएको छ । यस खण्डको हालसम्म २० प्रतिशत काम भएको सो आयोजनाका पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker