पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पनि विमान दुर्घटनामा परेको पुष्टि

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए । प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि उनी काठमाडौं आएका थिए ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रमसमेत रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएको बुझिएको छ ।

करिब ४ वर्षअघि विवाहित पौडेलका एक छोरा रहेका छन् । पोखराको फुलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक छन् ।

कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टी गरेको छ । उनको अवस्थाबारे आधिकारिक जानकारी दिइएको छैन ।
विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । हालसम्म ६४ शव निकालिएको छ ।

उद्दारमा खटिएका सुरक्षाकर्मीका अनुसार ३० जनाको शव गण्डकी प्रदेश अस्पतालमा राखिएको छ भने ३४ जनालाई विमान दुर्घटना भएको खोँचमा राखिएको छ । उनीहरु सबैको मृत्यु भएको प्रारम्भिक आशंका छ । विमानबाट अब ८ जनालाई निकाल्न बाँकी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker