युके बस्ने तनहुँवासीद्वारा कोभिड विरुद्ध लड्नका लागि आर्थिक सहयोग

भञ्ज्याङ समाचारदा/दमौली

जिल्लाबासिको कोभिड विरुद्धको लडाइमा युके बस्ने तनहुँवासीले आर्थिक सहयोग गरेका छन् । तनहुँ उद्योग वाणिज्य संघ कोभिड संकट व्यवस्थापन महाअभियानमा युके बस्ने तनहुँवासीले विहीबार आठ लाख आठ हजार ६४० रुपैयाँ उपलब्ध गराएका छन् । तनहुँ समाज युकेका तर्फबाट रेडक्रस कोटदरबार सभापति इन्द्र आलेले व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको रोहबरमा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई चेक हस्तान्तरण गरेका छन् ।

समाजका अध्यक्ष लेख गुरुङले जिलामा संकटको घडीमा बेलायतवासीका तर्फबाट सहयोग गरेको बताए । समाजसँगै समाजका सल्लाहकार देवी आले तथा अगुवा रन्जन मल्लको यस अभियानमा विशेष सहयोग रहेको अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै, कोभिड संकटमा सामाजिक उत्तरदायित्व वहन गर्दै तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न पालिका, अस्पताल र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संघले खडा गरेको कोभिड संकट व्यवस्थापन महाअभियान अन्तर्गत दश लाख रुपैयाँ बराबरको सहयोग गरेको हो । संघले तीन लाखबाट शुरुआत गरेको कोषमा हालसम्म करिब १९ लाख रुपैयाँ संकलित भएको छ ।

संघको कोषमा देश तथा विदेशबाट शुभेच्छुकहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको संघका अध्यक्ष पविन्द्र श्रेष्ठले बताए। संघले व्यास नगरपालिका, म्याग्दे, ऋषिङ, आँबुखैरेनी गाउँपालिका सहित बन्दीपुर, पुरनडिही, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरेको छ भने कालीभञ्जन गण (इ) र नेपाल पत्रकार महासंघ जिल्ला शाखाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

स्वास्थ्य सामग्री वितरण अभियान जारी रहेको बताउँदै संघका अध्यक्ष श्रेष्ठले ती पालीका तथा अस्पताललाई आवश्यक अक्सिजन सिलिन्डर, पिपिई, अक्सिमिटर, फेसशिल्ड, हेडक्याप, थर्ममिटर, मास्क, स्यानिटाइजर, डस्टविन, गमबुट लगायतका सामग्री उपलब्ध गराइएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker