सामुदायिक सिकाई केन्द्रको १७औं साधारणसभा सम्पन्न

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका-९ बाइसजागर स्थित पुर्कोट सामुदायिक सिकाई केन्द्रको १७औं साधारणसभा सम्पन्न गरिएको छ । केन्द्रको साधारणसभालाई सम्बोधन गर्दै भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठिले महिलालाई साक्षर बनाउन सामुदायिक सिकाई केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘हिजोका दिनमा सामुदायिक सिकाई केन्द्रको ठूलो भूमिका रहेको र भोलीका दिनमा भानु भित्र सामुदायिक सिकाई नपुगेका वडामा पनि छिट्टै केन्द्र खोल्ने योजनामा छौं’, नगरप्रमुख त्रिपाठीले भने, ‘समाजमा चेतनाको स्तर वृद्धिका लागि सिकाई केन्द्रको भुमिका महत्वपूर्ण हुने र यसका लागि नगरपालिकाबाट आवश्यक सहयोग र सहकार्य हुनेछ ।’

पुर्कोट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बिनोद कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा भानु नगर प्रबक्ता इश्वर बहादुर घिमिरे, भानु-९ का अध्यक्ष मीन गुरुङ, भानु-१० का अध्यक्ष हरिहर उप्रेती, नगर शिक्षा सचीव ध्रुबराज पौडेल लगायतले सामुदायिक सिकाई केन्द्रको महत्वका विषयमा चर्चा गरेका थिए ।

यस सिकाई केन्द्रले भानु-८ र ९ वडामा कृषि, शिक्षा र महिला समूह गठनमा र इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । २०६२ सालमा स्थापन भएको यस संस्थामा हालसम्म १ हजार ८०० सदस्य रहेका छन् । सिकाई केन्द्रले बाख्रा पालन, तरकारी खेती र मौरी पालनमा काम गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker