मन्त्री चुमानद्वारा पदभार ग्रहण, संघीयता र रणनीतिक योजना कार्यान्वयनमा लाग्न आग्रह

गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास तथा यातायात व्यवस्थामन्त्री हरि बहादुर चुमानले पदभार ग्रहण गरेका छन् । सो क्रममा उनले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघीयताको विकासमा लाग्न सबैखालका प्रयासमा साथ दिन आग्रह गरेका छन् ।

अहिलेको कार्यभार भनेको संघीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्न उनले कर्मचारीलाई र्निदेशन दिए । योजनाको वर्गीकरण गरी संघ प्रदेश र स्थानीय तहको कार्यविभाजन बिना परिणाम नआउने भएकाले योजना वर्गीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उनले सो अवसरमा उल्लेख गरे ।

टुक्रे र परिणामविहिन योजनाले गण्डकी प्रदेशको विकास सम्भव नहुने भएकाले दीर्घकालिन रुपमा रणनितिक योजनामा प्रदेशले काम थाल्ने उनको भनाई थियो । अहिलेको आधुनिक युगमा सेवाग्राहीलाई सोफामा राखेर सेवा दिन पर्ने बेला आएको चुमानले बताए । लामो लाईन बसेर सरकारबाट पाउने सेवा लिन पर्ने अवस्था अन्त्यका लागि काम गर्न उनले कर्मचारीलाई र्निदेशन दिए ।

पदभार ग्रहण गर्दे मन्त्री चुमानले गण्डकी प्रदेशमा विद्युतीय सवारी सञ्चालन सम्बन्धी मापदण्ड तयार गरि लागु गर्ने निर्णय गरेका छन् । हालसम्म सार्वजनिक रुपमा विद्युतीय सवारी सञ्चालनका लागि कुनैपनि मापदण्ड नभएकाले एक महिनाभित्र मापदण्ड तयार गर्ने निर्णय भएको छ ।

पदभारकै क्रममा बुद्धसिं मार्गमा पर्ने तनहुँ स्थित बन्दीपुर गाउँपालिका- ६ कुचिलाफेद र देवघाट गाउँपालिका-३ तनहुँ जोड्ने सडक अन्तरगत सेतीनदीमा पुल निर्माण कार्य आरम्भको लागि प्रकृया अगाडी बढाउने निर्णय भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker