अंग्रेजी माध्यममा पठनपाठन गराउन आर्थिक सहयोग जुटाउँदै पूर्वविद्यार्थी मञ्च

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङको ठूलोढूंगा स्थित अरनिको माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गराउने अभियानमा पूर्वविद्यार्थीहरु लागि परेका छन् । उक्त विद्यालयका पूर्वविद्यार्थीले अंग्रेजी माध्यममा पठनपाठन गर्न आवश्यक पर्ने पुस्तक खरिद तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकमको जोहो गर्न सहयोग अभियान चलाएका छन् ।

अंग्रेजी माध्यममा पठनपाठनका लागि विद्यालयको आर्थिक स्रोतले नभ्याउने भएपछि सहयोग संकलन अभियान थालिएको पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गलबहादुर गुरुङले बताए । मञ्चको आग्रहमा हालसम्म डेढ लाखभन्दा बढी रकम संकलन भएको अध्यक्ष गुरुङले बताए।

वार्षिकरुपमा एक लाख रुपैयाँ बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र त्यसका लागि विद्यालयको आर्थिक स्रोतले नसकिने भएपछि पूर्वविद्यार्थी कोष स्थापना गरी अभियान थालिएको उनले बताए । अध्यक्ष गुरुङले भने, ‘अभियानमा देश तथा विदेशबाट सहयोग जुटिरहेको छ, विद्यालयका पूर्वविद्यार्थीले पनि सहयोग गरेका छन् ।’

अभियान अन्तरगत भानु-१२ आहाले घर भई हाल अमेरिकामा रहेका राजुविक्रम अधिकारीले ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । त्यस्तै भानु-१३ तीनघरे घर भई अमेरिकामै रहेका राजु अधिकारीले ५१ हजार रुपैयाँ आर्थिग सहयोग उपलब्ध गराएका छन् ।

पूर्वविद्यार्थी मञ्चको अभियानलाई सार्थक पुर्‍याउन विभिन्न व्यक्तिबाट करिब ६० हजार रुपैयाँ प्राप्त भएको र उक्त रकम विद्यालयलाई हस्तान्तरण गरिसकिएको मञ्चका सचिव रामकृष्ण कुँवरले बताए ।

मञ्चको अभियानलाई हालसम्म बिद्यालयका पुर्वविद्यार्थी भानु-१३ रयाले बर्खोला घर भई हाल ब्यास-४ दमौली निवासी सत्यवती माध्यमिक विद्यालय दमौलीका शिक्षक एक बहादुर गुरुङ ५ हजार ५० रुपैयाँ, पोखरीछाप घर भई अष्ट्रेलियामा रहेका प्रेम गुरुङले २५ हजार, खड्कागाउँका प्रकाश थापाले दश हजार, बर्खोलाका प्रेम गुरुङले पाँच हजार ५००, पुलिमराङका युवराज गुरुङले पाँच हजार, महम्मद तालिम मियाले पाँच हजार पाँच, मोहोरिया खड्कागाउँ घर भई दुवइ रहेका रविन खड्काले दश हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker