तनहुँको बन्दीपुरहिल आंशिक रुपमा सञ्चालन

भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुरमा ‘बन्दीपुरहिल’ आंशिक रुपमा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय नगरी बन्दीपुरमा विगत ५ वर्षदेखि निर्माण प्रारम्भ गरिएको पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गतको वटम स्टेशनमा टुरिष्ट पार्क र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रेष्टुरेण्ट ‘ड्राइभ इन’ सर्वसाधरणहरुको सेवाका लागि आंशिक रुपमा सञ्चालनमा ल्याइएको हो।

करिव ५६ रोपनी क्षेत्रफलमा फैलिएको वटम स्टेशनलाई व्यवसायीक रुपमा खुल्ला गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनले भने, ‘वैशाख १ गतेदेखि रेष्टुरेण्ट ड्राइभ इन र बन्दीपुरहिल वटम स्टेशनमा टुरिष्ट पार्क सञ्चालनमा ल्याइएको छ भने केवलकार आन्तरिक प्रयोजनको लागि प्रयोग गर्ने गरी मात्र संचालन भएको छ।’

बन्दीपुरहिलको वटम स्टेशनमा पर्यटकलाई लक्षित गरी शिव मन्दिर, गणेश, ३३ देवी देवताको मुर्तिहरु, उल्लुको मुर्ति, भगवान बुद्धको मुर्ति, सुर्यनारायण भगवानको वायुयान, विशाल कैलाश पर्वत र भगवान शिवजीको प्रकट रुप, भगवान विश्वकर्माको मुर्ति साथै जंगली जनावरहरुको म्युजियम, हात्ती, गैंडा, जिराफ, जेब्रा, जरायो, बाघ लगायतका आकर्ष मुर्तिहरु, स्थानीय घर र दैनिक प्रयोग हुने सामाग्रीहरुको म्युजियम रहेको कम्पनीका इन्जिनियर सुप्रियो मण्डलले बताए ।

कम्पनीका अनुसार ८६ करोड रुपैयाँको लागतमा टुरिष्ट पार्क निर्माण गरिएको छ । यस पार्कमा प्रवेश गर्नका लागी प्रतिव्यक्ति २ सय, मोटरसाइकल ३ सय, ट्याक्सी ५ सय, माईक्रो एक हजार, र ठुला बस रु. एक हजार ५ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ भने टिकट अनुसार कम्पनीले रेष्टुरेण्ट प्रयोजनका लागि गिफ्ट भौचर दिने जानकारी गराएको छ ।

बन्दीपुरहिल अन्तर्गत पाँचतारे होटल नवीन टावर, स्काई र्डाईनिङ्ग, फ्लाई र्डाईनिङ्ग, स्काई वार, हेल्थ क्लव, ग्राउण्ड र्डाईनिङ्ग, एक हजार जना क्षमताको बैङ्क्विट हल, सुभिनार सप, स्काई वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जिप लाईन, बन्दीपुर-सिद्धगुफा चियर लिफ्ट लगाएतका शाहसिक पर्यटकीय रिक्रियशनका पूर्वाधारहरु समेटेर बन्दीपुरहिल ब्राण्डमा परियोजना अगाडि बढाइएको भाईस प्रेसिडेण्ट किरण पोख्रेलले जानकारी गराए ।

यी पूर्वाधार निर्माणका लागि कम्पनीले करिव ६ अर्व २९ करोड रुपैयाँ लागत अनुमान गरेको छ यी सबै पूर्वाधार आगामि २ वर्ष भित्र निर्माण सम्पन्न भई संचालनमा ल्याउने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker