तनहुँमा नेपाली कांग्रेसको चार पालिकामा अग्रता, ७ वडामा विजयी

भञ्ज्याङ न्यूज

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा मतगणना जारी छ । जिल्लाको व्यास नगरपालिका बाहेक अन्य नौ पालिकामा अहिले मतगणना भइरहेको छ । यो समाचार तयार पार्दसम्मको अवस्थामा चार पालिकामा नेपाली कांग्रेस अग्रता लिएका छन् ।

गठबन्धनका तर्फबाट कांग्रेसले शुक्लागण्डकी नगरपालिकाको प्रमुख, भानु नगर प्रमुख, उपप्रमुख, ऋषिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र देवघाट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिएको छ ।

यस्तै, तनहुँको ८५ वडामध्ये हालसम्म १६ वडाको नतिजा र्सार्वजनिक भइसकेको छ । र्सार्वजनिक नतिजामध्ये नेपाली कांग्रेसले ७ वटा वडामा विजयी भएको छ ।

कांग्रेसले जितेका वडाहरु

भिमाद-१ को अध्यक्षमा कांग्रेसका आले विजयी

भिमाद नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिपक आले विजयी भएका छन् । आले एक हजार ५९ मत प्राप्त गरी विजयी भएका हुन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुइ मत प्राप्त गरेका थिए ।

यस्तै, एमालेबाट महिला वडा सदस्यले एक हजार ९६, दलित महिला वडा सदस्यले एक हजार ७८, वडा सदस्यले एक हजार ७२ र एक हजार १०२ मत प्राप्त गरी विजयी भएका छन् । नेपाली कांग्रेसबाट महिला वडा सदस्यले ९४०, दलित महिला सदस्यले ९३६, वडा सदस्यले ८८० र ८८० मत प्राप्त गरेका थिए ।

म्याग्दे-२ मा कांग्रेसका क्षेत्री विजयी

म्याग्दे गाउँपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित भएका छन् । उनले ८८९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गरेका छन् ।

सदस्यमा नेपाली कांग्रेसका रमेश क्षेत्री ८९४, नेकपा एमालेका महेन्दबहादुर रानाभाट ८३५, महिला सदस्यमा नेपाली कांग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा नेपाली कांग्रेसकै कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

ऋषिङ-२ मा कांग्रेसको प्यानल विजयी

ऋषिङ गाउँपालिका-२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार वडाध्यक्ष दलबहादुर थापा ४६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले ३४९ मत प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा नेपाली कांग्रेसका पानकुमारी खाँणले चार सय ६७, दलित महिला वडा सदस्यमा जमुना माया दमैले ४४९, सदस्यमा देविनबहादुर शाहीले ४४८ र पहलसिं सारुले ४५५ मत प्राप्त गरेका छन् ।

घिरिङ-१ मा कांग्रेसको प्यानल विजयी

घिरिङ गाउँपालिका-१ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका वडाध्यक्ष रविचन्द्र घोरासैनी एक हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद ढकालले ९१२ मत प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा कांग्रेसका मिना आलेले एक हजार १०९, दलित महिला सदस्यमा लक्ष्मी सुनारले एक हजार ९०, खुल्ला सदस्यमा जगतबहादुर कुमालले एक हजार २६ र माधव चन्दले एक हजार ६२ मत प्राप्त गरेका छन् ।

शुक्लागण्डकी-१ मा कांग्रेसको प्यानल विजयी

शुक्लागण्डकी नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रविचन्द्र पौडेल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा दोहोरिएका हुन् । पौडेलले एक हजार ११३ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रघुनाथ पौडेलले ८४२ मत प्राप्त गरे ।

खुला वडा सदस्यमा नेपाली कांग्रेसका मोहम्मद जब्बर मियाँ एक हजार ५९, कृष्णबहादुर गुरुङ एक हजार ७९, दलित महिला सदस्यमा विष्णुमाया विश्वकर्मा एक हजार ११०, खुला महिला सदस्यमा लक्ष्मीदेवी भण्डारी एक हजार १०३ मत प्राप्त गरी विजयी भएका छन् ।

देवघाट-२ मा कांग्रेसको प्यानल विजयी

देवघाट गाउँपालिका-२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मिनबहादुर राना ८५८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले ६७५ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा हुममाया खाँणले ८२०, दलित महिला सदसयमा बालकुमारी परियारले ७०६, खुल्ला सदस्यमा पोलबहादुर आलेले ७८६ र यामबहादुर मगरले ८१८ मत प्राप्त गरी विजयी भएका छन् ।

शुक्लागण्डकी- ४ मा कांग्रेसको प्यानल विजयी

शुक्लागण्डकी नगरपालिका-४ मा नेपाली कांग्रेको प्यानल नै विजयी भएको छ । कांग्रेसका उम्मेदवार राजकुमार वाग्लेले ७७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका विष्णुबहादुर रानाले ६४८ मत प्राप्त गरेका छन् ।

खुला वडा सदस्यतर्फमदन श्रेष्ठ ७८२ र महिप ज्वारचनले ७७९, महिला सदस्यमा मिठुमाया थापा मगर ७९९, दलित महिला सदस्य मिना रोका सुनारले ७८७ मत प्राप्त गरी विजयी भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker