घरघरै खानेपानी आएपछि तनहुँको भानुका खहरेवासी हर्षित

बन्दीपुर : तनहुँको भानु नगरपालिका–३ खहरेमा घरघरै खानेपानीको धारा आएपछि स्थानीयवासी हर्षित भएका छन्। लामो समयसम्म एक गाग्री खानेपानीका लागि घण्टौं कुर्नुपर्ने समस्या भोगेका स्थानीयवासी घर–घरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछि हर्षित बनेका हुन् ।
खानेपानीको समस्या झेल्दै आएका खहरे, दोरदोरटार र चिप्लेटीका स्थानीय घरघरै धारा जडानपछि नाम्लो र डोको बोक्नुपर्ने बाध्यता हटेको बताउँछन् । आयोजनाको नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँको अधिकांश ठाउँमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले १० वर्षसम्म निरन्तर गाउँलेसँग सहयात्रा गरी विभिन्न निकाय धाउँदै अहिले निर्माण सम्पन्न भएकोमा खुसी लागेको बताए ।
आयोजना सम्पन्न भएपछि खहरेलगायत गाउँका ३८४ धुरीमा खानेपानीको धारा जडान गरेपछि पानीको समस्या झेल्नु परेको छैन। प्रशस्त पानी आएपछि स्थानीय तरकारीखेती गर्न थालेको चिप्लेटी खहरे खानीपानी आयोजनाका अध्यक्ष टीकाराम श्रेष्ठले बताए ।
यहाँ विगतमा एउटै टोलका २० वटा घरधुरीले एउटै धारामा पानी खाँदै आएकोमा अहिले एक घर, एक धारा निर्माण गरी घर–घरमै खानेपानी पु¥याइएको छ । डिभिजन खानेपानी कार्यालय तनहुँको रू दुई करोड ५० लाखको लगानीमा दोरदोरबाट दुई वटा ट्याङ्कीमा पानी ल्याइएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । भानु नगरपालिका–३ खहरेकी स्थानीयवासी दिलसरा गुरूङले खुसी व्यक्त गर्दै अब पानी बोक्न टाढा जानुपर्दैन र घरघरमै पानी आउनाले सजिलो बनाएको बताए ।
त्यसैगरी, सोममाया श्रेष्ठले पनि पानी घरमै आउन थालेपछि आफ्नो धेरै पहिलेदेखिको बाध्यता हटेको सुनाउँदै भने, “पानीको लागि लामो समय पर्खनुपर्दैन, अब सबै कुरा सहज छ । राति नै गएर पानीको लागि लाइन बस्नु पर्दैन, समय बचत भएपछि अहिले किराना व्यवसायतर्फ पनि समय दिन थालेको छु र त्यसबाट केही पैसा आम्दानीसमेत हुन थालेको छ ।”
स्थानीय अप्सरा तामाङलाई पहिले पानी लिन बिहानै उठेर घण्टौँ लाइनमा बस्नुपथ्र्यो, तर अब घरमै पानी आएसँगै, उनलाई त्यस्तो समस्याको सामना गर्नुपर्ने छैन । “पहिले बिहानको समय नै यति धेरै जान्थ्यो, अब छिट्टै पानी पाइन्छ,” उनले भने ।
अहिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गरेपछि सुख्यायाममा स्रोत सुक्दा खानेपानीको जोहो गर्न मुस्किलहुँदै आएकोमा अब यो समस्याको समाधान भएको भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
गाउँमा खानेपानी आएपछि उपभोग गर्न पाएपछि स्थानीय बासिन्दामा उत्साह थपिएको छ । खानेपानी समितिले संघ संस्था विद्यालय अस्पताल ज्येष्ठ नागरिक भवन लगायतलाई निःशुल्क पानी उपलब्ध गराएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker