भानुमा वृहत शैक्षिक सामाग्री प्रदर्शनी गरिने

भञ्ज्याङन्यूज

नगरका जनप्रतिनिधि तथा कमर्चारीका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने अभियानलाई सहयोग पुर्‍याउने

तनहुँको भानु नगरपालिकामा वृहत शैक्षिक सामाग्री प्रदर्शनी आयोजना गरिने भएको छ । नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको विहीबार आयोजित बैठकले यही जेठ ४ गते वृहत शैक्षिक सामाग्री प्रदर्शनी आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले भानु-१ भन्सारको सालविस्नेस्थित श्री सत्यवती देवी आधार विद्यालय प्राङ्गणमा कक्षा १-५, कक्षा ६-८ र कक्षा ९-१२ का गरी तीनवटा तह कायम गरी प्रत्येक तहमा अनिवार्य ५ वटा विषयका विद्यार्थी निर्मित शैक्षिक सामग्री प्रदर्शनीको व्यवस्था गरिने भएको छ ।

प्रदर्शनीका लागि शैक्षिक सामग्री निर्माणमा सम्बन्धित विषयगत शिक्षकहरुले आवश्यकतानुसार सहजीकरण तथा मार्गदर्शन गर्ने, प्रति समूह प्रति विषय न्युनतम् २ जना विद्यार्थीलाई प्रस्तुतीकरण तथा व्रिफिङ् गर्न लगाउने र उक्त प्रदर्शनीमा भानु नगरपालिकाका सम्पूर्ण शिक्षकहरु र बढी भन्दा बढी विद्यार्थीहरुलाई उपस्थित गर्राई अवलोकन गर्ने वातावरण निर्माण गर्ने बैठकले निर्णयगरेको छ ।

नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलको अध्यक्षतामा आयोजित बैठकमा प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेल, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती तथा नगरपालिका भित्रका विद्यालयका ५१ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । बैठकले नगरसभाको निर्णय बमोजिम शैक्षिक सत्र २०८१ देखि सबै शिक्षक, कर्मचारी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा शिक अभिभावक संघका पदाधिकारीका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा नै भर्ना गरी विद्यालय प्रति सबै सरोकारवालाहरुको अपनत्व, रेखदेख र निगरानी बर्ढाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने अभियानलाई सहयोग पुर्‍याउने निर्णय गरिएको छ ।

२०८१ को शैक्षिक पात्रोमा उल्लेख भएबमोजिम वर्षे तथा हिउँदे बिदा व्यवस्थापन र आवधिक परीक्षाहरुलाई सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरेको बैठकले आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को समीक्षा गर्नुका साथै आगामी शैक्षिक सत्रमा बालबालिकाहरुमा पठन संस्कृतिको विकास तथा उनीहरुमा थप मेहनेत गर्ने बानीको विकास गराउन कक्षा ५ र ८ को वार्षिक परीक्षालाई नगरस्तरीय आधारभूत तह परीक्षा समिति मार्फत सञ्चालन गर्ने र यसमा कुनै पनि परीक्षार्थीलाई होम सेन्टर नपर्ने गरी परीक्षा केन्द्र निर्धारण गरी थप स्वच्छ र मर्यादित रुपमा सञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।

नगरका सबै विद्यालयहरुले विद्यार्थी भर्ना गर्दा ग्रेडसिट, स्थानान्तरण तथा चारित्रिक प्रमाणपत्र र नयाँ भर्नाको हकमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य लिएर मात्र गर्ने, शैक्षिक सत्र २०८१ मा गत शैक्षिक सत्रको आइइयमआइयस का आधारमा पाठ्यपुस्तकको रकम ७५ प्रतिशत मात्र निकासा भएकोमा अपुग रकम विद्यार्थी भर्ना तथा हाजिरीका आधारमा आवश्यकतानुसार बैशाख मसान्त भित्र माग गर्ने र सबै विद्यालयहरुले छात्रवृत्ति यहि मिति २०८१ जेठ २० गते एकै दिनमा वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको संयोजनमा निर्माण भएको शैक्षिक क्यालेण्डर अनुसार वार्षिक पाठयोजनाको विस्तृतीकरण सम्बन्धित विषयगत शिक्षक समूहका संयोजकहरु मार्फत निर्माण गरी ७ दिन भित्र शिक्षा शाखामा पेश गर्ने, हरेक विद्यालयमा कक्षा ४ देखि माथि सबै कक्षामा विद्यार्थी लगबुकको व्यवस्था गर्ने र यसलाई भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको मार्गदर्शनका आधारमा निर्माण गरी लागु गर्ने, नगरपालिकाबाट वितरण गरिएको शिक्षक डायरीको प्रयोग प्रभावकारी ढंगले गर्ने गराउने तथा यस अघि लगेको डायरी प्रयोग गरेर सकिएमा वा नयाँ नियुक्त हुने शिक्षकका लागि आवश्यक भएमा शिक्षा शाखामा माग गर्ने बैठकले निर्णय गरिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा सम्भावित शिक्षा युवा तथा खेलकुद शाखाका लागि आवश्यक नीति, योजना र कार्यक्रमका सम्बन्धमा आवश्यक छलफल गरी सुझावका रुपमा दिइएका बुँदाहरुलाई कार्यान्वयन गर्नका लागि नगरपालिकालाई अनुरोध गर्ने, स्थायी शिक्षकहरुले सालबसाली रुपमा भर्ने कार्य सम्पादन मूल्याङ्कन फाराम भरी यहि बैशाख ३० गतेभित्र आ-आफ्नो विद्यालयमा दर्ता गर्ने निर्णय गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker