संस्कृति संरक्षणका लागि पोशाक वितरण

तनहुँको ऋषिङ गाउँपालिका–३ को सोलुङ्ग र बलिमराङ्गमा स्थानीय कला संस्कृति संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले जातीय पहिचान झलेकने पोशाक वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, वडा अध्यक्ष भिम बहादुर थापा, कार्यपालिका सदस्य दिल बहादुर नेपाली लगायतको उपस्थितिमा स्थानीय मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सांस्कृतिक पोशाकहरू वितरण गरिएको थियो । तस्विर : भञ्ज्याङ










