आमा समूहलाई पञ्चेबाजा हस्तान्तरण

तनहुँको ऋषिङ गाउँपालिका–५ सपाङ्दीका आमा समूलाई पञ्चेबाजा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ । आमा समूहलाई नेपाली मौलिक संस्कृति, परम्परा र पञ्चेबाजा संरक्षण तथा प्रवद्र्धनमा थप सक्रिय र सशक्त बनाउने उद्देश्यले गाउँपालिकाले पञ्चेबाजा उपलब्ध गराएको हो । आगामी दिनमा आमा समूहले पञ्चेबाजामार्फत नयाँ पुस्तालाई पनि हाम्रो मौलिक संस्कृति हस्तान्तरण गर्दै उत्कृष्ट भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् । तस्विर : भञ्ज्याङ










