घरेलु तथा साना उद्योग कार्यालय तनहुँद्वारा जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान

घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौँ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो ।

औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका–२ स्थित दीपेन्द्र सुज सेन्टर, बन्दीपुर गाउँपालिका–५ स्थित तिवारी फर्निचर उद्योग, व्यास नगरपालिका–१ स्थित पुष्प होजियारी स्वीटर उद्योग र व्यास नगरपालिका–५ स्थित सुवोध फुड्स सम्मानित भएका छन् ।

जिल्ला समन्वय समिति तनहँुका उपप्रमुख पवित्रा पौडेलले सफल उद्यमीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा पौडेलले सरकारले औद्योगिक विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले औद्योगिक विकासका लागि राम्रो वातावरण सिर्जना गर्न हरेक क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने बताउनुभयो । घरेलु कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले स्थानीयस्तरमा रोजगारी प्राप्त गराउन कार्यालयले सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

सरकारले औद्योगिक प्रवद्र्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मङ्सिर ९ गते उद्योग दिवस मनाउने निर्णय गरेको थियो । मङ्सिर ९ गते उद्योग परिषद् स्थापना भएको उक्त दिनलाई उद्योग दिवसका रुपमा मनाउन लागिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker