बन्दीपुरको खड्गदेवी मन्दिरमा नयाँ गहना अर्पण

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकास्थित खड्गदेवी मन्दिरमा आइतबार नयाँ गहना अर्पण गरिएको छ। नयाँ वर्षको अवसर पारेर धार्मिक विधि तथा पूजापाठका बीच सुन र चाँदीले बनेको गहना देवीलाई अर्पित गरिएको हो ।
नारायणगढ निवासी ध्रुबकुमार प्रधान र श्रीमती रामप्यारी प्रधानले आफ्ना दिवंगत आमा स्व. ऋद्धीकुमारी प्रधान र बुबा स्व. सूर्यकुमार प्रधानको स्मृतिमा गहना अर्पण गरेका हुन् ।
बन्दीपुर–२, चण्डेनी घर बसोबास गर्ने प्रधान दम्पत्तिले सम्पूर्ण परिवारसहित खड्गदेवीलाई गहना अर्पण गरेका हुन्। सो अवसरमा चण्डीपाठ, रूद्री होम, प्राण प्रतिस्थापन लगायत सम्पूर्ण पूजाविधि सम्पन्न गरिएको थियो ।
पूजापश्चात देवीको टिका र प्रसाद ग्रहण गर्न भक्तजनहरूको ठूलो उपस्थिति देखिएको थियो। गहना औपचारिक रूपमा खड्गदेवी माई पूजा सञ्चालक समितिलाई हस्तान्तरण गरिएको छ। यस गहनालाई प्रत्येक वर्ष दशैंको फुलपातीका दिन देवीको बजार परिक्रमाको क्रममा र विजया दशमीसम्म देवीलाई सजाउने गरिने छ ।
कार्यक्रममा प्रधान परिवार, मन्दिरका पुजारी, खाँडे मगर पुजारी, समिति सदस्यहरू तथा ठूलो संख्यामा स्थानीय श्रद्धालुहरू सहभागी भएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker