बन्दीपुरमा पाँच दिने विपद् व्यवस्थापन तालिम सञ्चालन
भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुर गाउँपालिका-५ थुम्कामा विपद् ब्यवस्थापन तालिम सञ्चालन गरिएको छ । बन्दीपुर गाउँपालिकाको सहकार्यमा इनेसेटिभ आउट डोर प्रालिले सञ्चालन गरिएको पाँच दिने तालिमको मंगलबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
तालिमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले विपद् जुनसुकै समय र जुनसुकै स्थानमा आउन सक्ने हुँदा स्थानीयलाई विपद्को ब्यवस्थापन एवं प्रतिकार्य गर्न सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए।
इनोसेटिभ आउट डोरका संचालक चन्द्र आलेले तालिममका सहभागिहरुलाई सहजिकरण गर्ने भएका छन् । तालिममा प्राथमिक उपचार, डोरीबाट उद्दार गरिने कार्यहरु लगायतको सीप प्रदान गरिने भएको छ ।










