तनहुँको भानुमा मानसिक स्वास्थ्य परीक्षण सम्बन्धी शिविर

भञ्ज्याङ समाचारदाता (भानु)

तनहुँको भानु नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । वन्यजन्तु संरक्षण तथा चोरी शिकार नियन्त्रण सञ्जाल भानु, भानु ज्येष्ठ नागरिक समुह भानु तथा पुनरडिही प्राथमिक स्वास्थ्य केन्द्र भानुको संयुक्त आयोजनामा उक्त शिविर गरिएको हो ।

पुनरडिही प्राथमिक स्वास्थ्य केन्द्र भानु-५ मा आयोजना गरिएको शिविरमा ७६ जनाको उपचार गरी निःशुल्क औषधी समेत वितरण गरिएको वन्यजन्तु संरुक्ष तथा चोरी शिकार नियन्त्रण सञ्जालका संयोजक विष्णुहरी पाण्डेले जानकारी गराए । शिविरमा भरतपुर अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. सृजना भुर्तेलको नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker