तनहुँको भानु-१३ का साहारा बिहिन दम्पत्तिलाई आर्थिक सहयोग

भञ्ज्याङ समाचारदाता/मिर्लुङ

तनहुँको भानु नगरपालिका-१३ स्थित गोठमा बस्दै आएका साहारा बिहिन एक दम्पत्तिलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका पोके दाई भनेर चिनिने वीरबहादुर परियार र उनकी श्रीमती काली दमिनी विगत केही दिनदेखि गोठमा निकै कष्टकर अवस्थामा बस्दै आएका थिए ।

वीरबहादुरकी श्रीमती काली दमिनी केही महिनादेखि बिरामी परेर थला परेपछि दयानीय अबस्थामा बसेका थिए । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने कोही कसैलाई पनि जानकारी नभएको स्थानीय युवा संगम सुमिर पियाले बताए ।

असहज अवस्थामा बस्दै आएका दम्पत्तिको तस्विर सहितको जानकारी स्थानीय दुर्गा आचार्यले सामाजिक सञ्जालमा पोष्ट गरेपछि बुधबार दम्पत्तिलाई स्थानीय जनप्रतिनिधि सहितको टोलीले बन्द भएको स्थानीय विद्यालय भवनमा विद्युत बत्ति जाडान सहित आवश्यक सामाग्रि समेत उपलब्ध गराइ स्थानन्तरण गरिएको स्थानीय युवा पियाले बताए । कष्टकर जीवन बिताइरहेका दम्पत्तिलाई स्थानीय केही युवाहरुले आर्थिक संकलन गरी ८ हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker