आस्था र विश्वासको धरोहर ‘छिम्केश्वरीमाई’

तनहुँको आँवुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमाईको मन्दिरमा फागु पुर्णिमाको दिन पुगेका दर्शानार्थी । फागु पुर्णिमाका दिने विशेष पूजा अर्चना तथा मेला भर्न भक्तजनहरु पुग्ने गर्दछन् । बिहीबार करिब नौ हजार भक्तजन मन्दिरमा पुगेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले बताएका छन् ।

तनहुँको सबै भन्दा अग्लो पहाडी श्रृंखला दुई हजार १३४ मिटर उचाइमा फैलिएको छिम्केश्वरी क्षेत्र र यस मन्दिरलाई गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगेको र फागु पुर्णिमाका दिन तनहुँका विभिन्न स्थानसँगै गोरखा, लमजुङ, कास्की र चितवनबाटसमेत भक्तजन पुग्ने गर्दछन् ।

यहाँ भाकल गरेपछि मनोकांक्षा पूरा हुने भक्तजनहरुको आस्था र विश्वास रहेको छ । मन्दिरमा बोकाको बली दिनुका साथै जोडी परेवा उडाउने, नरिवल चढाउने गरिन्छ । मन्दिरमा हरेक बर्ष फागु पुर्णिमा र बैशाखे पुर्णिमामा भक्तजनको विशेष भीड लाग्दछ ।

गोरखाको प्रसिद्ध मनकामना माइको जेठी दिदी बुढिकन्यादेवी माई र माइली दिदिको रुपमा चिनिने छिम्केश्वरी माईको मन्दिर छ । मनकामना दर्शन गरेकाले यहाँ दर्शन गर्नैपर्ने धार्मिक मान्यता रहदै आएको छ ।

पूर्वाधार विकास र प्रचारप्रसारले ओझेलमा परेको छिम्केश्वरी क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक पूर्वधार निर्माण गर्दै लगिएको छ ।

तस्विर : सम्झना रसाइली/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker