देवघाटको प्रकोप व्यवस्थापन कोषमा सिद्धार्थ बैंकको दुइ लाख सहयोग

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग जुट्न थालेको छ । गाउँपालिकाको उक्त कोषमा सिद्धार्थ बैंक देवघाट शाखाले दुइ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका शाखा प्रमुख त्रीबिक्रम लामिछानेले गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस देशको विभिन्न स्थानहरुमा फैलिएको हुँदा देवघाटमा जोखिम बढ्दै गएकाले त्यसको व्यवस्थापनमा सहयोग गरेको अध्यक्ष थापाले बैंकलाई धन्यवाद दिए ।

आर्थिक रुपले बिपन्न वर्ग तथा ज्यालादारी मजदुरहरु र स्वास्थ्य क्षेत्रको लागि स्थापन गरेको प्रकोप व्यवस्थापन कोष खातामा रकम जम्मा गरी बैंकले सहयोग गरेको शाखा प्रमुख त्रीबिक्रम लामिछानेले बताए ।

देवघाट गाउँपालिकाले कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न बर्ग तथा ज्यालादारी मजदुरको लागि सिद्धार्थ बैंक देवघाट शाखामा प्रकोप व्यवस्थापन कोष खाता खोलिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमानाथ ढकालले बताए ।

गाउँपालिकाको उक्त कोषमा सहयोग रकम जम्मा गर्न चाहने संघ संस्था तथा व्यक्तिहरुले गाउँपालिकाको नाममा रहेको ग७-२ स्थानीय तह प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ००८१५१७०२०० सिद्धार्थ बैंक देवघाट शाखामा जम्मा गरी सहयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker