होम आइसोलेशनमा रेडक्रसको स्वयंसेवी

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखा तनहुँले होम आइसोलेसनमा बसेकाहरुको घरघरा स्वास्थ्यकर्मीहरुको टोली सहित मनोसामाजिक परामर्श कार्यक्रम गरेको छ । आफ्ना कार्यक्षेत्र पर्ने डिहिगाउ, सेवर, दुम्सी चौर अंधेरिभञ्ज्याङ, दुम्सी बजार, कुमालटारी र बैरेनी टोली क्षेत्रमा रहेका सक्रिय संक्रमितको घरमै गएर स्वास्थ्यकर्मी सहितको टोलीले मनोसामाजिक परामर्श प्रदान गरेको हो ।

संक्रमित क्षेत्रका घरघरमा गएर वडा कोभिड फोकल व्यक्ति सरिता बोटेले संक्रमितहरूको स्वास्थ्यको अवस्थाबारे जानकारी लिदै आवश्यक औषधिसमेत वितरण गरिएका थिए । उक्त टोलीले रेडक्रसको तर्फबाट संक्रमितहरुलाई मनोसामाजिक परामर्श समेत उपलब्ध गराइएको थियो ।

युबा रेडक्रस समिति गण्डकी प्रदेशका संयोजक तथा उपशाखाका सभापति रामदत्त पौडेल नेतृत्वमा गएको टोलीले अतिविपन्न संक्रमित व्यक्तिको परिवारलाई उक्त उपशाखाका सदस्य इश्वर पौडेल तथा विशाल गिरिबाट स्वस्फूर्त रुपमा उपलब्ध गराइएको खाद्यसामग्री र उपशाखाको तर्फबाट पौष्टिक आहार को प्याकेज समेत उपलब्ध गराइएको बताइएको छ ।

टोलीले होम आइसोलेसनम रहेका १८ जना संक्रमितहरुलाई सामाजिक दूरी कायम गर्दै होम आइसोलेशनमा बस्दा अपनाउनु पर्ने सतर्कता, खानु पर्ने कुराहरु, असजिलो हुँदा सम्पर्क गर्नुपर्ने स्वास्थ्य केन्द्र तथा व्यक्तिहरूको बारेमा सहजिकरण गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker