विदेश लैजाने बहानामा लाखौ ठगेर भागेको आरोप

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका-११ का मुकेश सापकोटा नेपाली युवा युवतीलाई वैदेशिक रोजगारीको बहानामा ठगी गरेर फरार भएको आरोप लगाइएको छ ।
हाल दुवइ रहेको बताउने सापकोटाले झापाका निर्मल तामाङ्ग सहित १५ जना बढीबाट भण्डै ५० लाख ठगी गरेको पीडितहरुले बताएका छन् । शुक्लागण्डकी-११ स्थायी ठेगाना भएका सापकोटा परिवार सहित नवलपरासीमा बस्ने भएता पनि उनको परिवार हाल भारतमा रहेको शुक्लागण्डकी-११ वडा कार्यालयले जनाएको छ ।
२७ बर्षीय सापकोटाले विभिन्न देश लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति दुइ लाख ५० हजार देखि १२ लाखसम्म असुल गरेको पीडित तामाङ्गले बताएका छन् । उनीविरुद्ध ठगी आरोपमा जाहेरी परेपनि फरार रहदै आएको बताइएको छ ।
शुक्लागण्डकी-११ का वडाध्यक्ष शालिकराम भट्टराइले सापकोटाको ठगी धन्दा बारे वडामा समेत जानकारी भएको बताउँदै उनी नेपालमै हुनसक्ने समेत जानकारी दिए । उनी विरुद्ध पक्राउ पुर्जा जारी भएपनि पीडित र प्रहरीबाट लुक्दै आएको बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker