भुजेल समुदायका महिलालाई जलवायु परिवर्तन सम्बन्धी तालिम

भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा व्यासका भुजेल महिला समुदायलाई जलवायु परिवर्तन सम्बन्धी तालिम प्रदान गरिएको छ । भुजेल महिला समाज केन्द्रीय समितिको समन्वयमा महासंघले व्यास-१ स्थित आदिवासी जनजाती महासंघको भवनमा जलवायु परिवर्तन सम्बन्धी तालिम प्रदान गरेको हो ।

बुधबार तालिमको समापन कार्यक्रममा बोल्दै भुजेल महिला समाजका अध्यक्ष वसुन्धरा घर्तीले पछिल्लो समय जलवायु परिवर्तनको विषयबारे चर्चा भइरहेकाले यस विषयमा आदिवासी जनजाति चनाखो हुनुपर्ने बताइन् ।

“जलवायु प्रभावबाट नेपालका आदिवासी जनजाति समुदाय प्रत्यक्ष ग्रसित हुने देखिएकाले सचेत हुन आवश्यक छ”, उनले भनिन्, “यसको प्रभाव नेपालमा मात्र होइन । अन्य मुलुकमा पनि पर्ने भएकाले यसको न्यूनीकरण र अनुकूलनका लागि विभिन्न संस्थाले कार्यक्रम गर्दै आएका छन् ।” जलवायु परिवर्तनका कारण संस्कृतिको विनाश र पहिचान मेटिन सक्ने समेत उनले बताइन् ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा जलवायु परिवर्तन रोक्नका लागि विभिन्न संघ संस्थाहरुको योजना र प्रयासबारे चर्चा भएको थियो। उक्त कार्यशालामा जलवायु परिवर्तनको संकेत, कारण तथा असरहरु, यसको न्यूनीकरण र अनुकूलनबारे छलफल भएको थियो ।

समापनमा तालिममा सहभागी भएका महिलाहरुको १६ जनाको भुजेल महिला कमिटि गठन गरिएको थियो। राष्ट्रिय आदिवासी जनजाती महिला संघका सचिव रिना बरामको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ तनहुँका वरिष्ठ उपाध्यक्ष नन्दु थापा लगायतले बोलेका थिएन भने तालिमको प्रशिक्षण इन्दिरा श्रेष्ठले गरेकी थिइन् । कार्यशालामा व्यास-१ का १८ जना भुजेल महिला समुदायको सहभागिता थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker