ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै

तनहुँ

प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि बत्तीमुनिको अँध्यारो जस्तै बन्दै आएको थियो । विसं २०३५ मा ट्र्याक खोलिएको सो मार्गको दूरी करिब पाँच किलोमिटर रहेकाले पक्की नालासहित कालोपत्र गर्न शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् ।

हिउँदमा धुलो र वर्षायाममा हिलोले सास्ती खेप्नुपरेको चारकुनेबासीले त्यसको अन्त्य हुने विश्वास गरेको स्थानीयवासी एवं नेकपा एमाले केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले बताउनुभयो । उक्त मार्गमा कालोपत्र गर्न रु १५ लाख बजेट निकासाका लागि केन्द्रिय सदस्य श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

“यो मार्ग पहिल्यै कालोपत्रका लागि शुरुआत हुनुपर्ने हो”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिले चासो दिएर काम नगरिदिँदा अलपत्र बन्दै आएको थियो ।” हाल कालोपत्र गर्न लागिएको सडकमा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण गरी वडा कार्यालयलले सेवा प्रवाह गर्दै आएको छ ।

वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेकाले केही समयका लागि वडा कार्यालयले स्वास्थ्य कार्यालयको भवन प्रयोग गरेको हो । “वडा तथा स्वास्थ्य कार्यालयसम्म नगरपालिकाले चासो देखाउनुपर्ने हो तर देखाएनन्”, श्रेष्ठले भन्नुभयो, “गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसँग भनेर बजेट ल्याएको हूँ ।”

उक्त मार्गमा २२६ मिटर नालामध्ये हाल १०७ मिटर सम्पन्न भइसकेको चारकुने टोल विकास संस्थाका अध्यक्ष एवं भदु्र मार्ग निर्माण समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नाला निर्माणका लागि वडा कार्यालयले रु चार लाख बजेट विनियोजन गरेको छ ।

यस वर्ष कूल २३१ मिटर सडकमध्ये १०७ मिटर ग्रावेल र १२४ मिटर छ मिटर चौडाको कालोपत्र सडक हुनेछ । कालोपत्र गरिने क्षेत्रमा ग्रावेल बिच्छ्याएर रोलर लगाउने कार्य भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । भदु्रमार्ग ग्रावेल तथा कालोपत्र गरेपछि व्यास–१ का बासिन्दालाई पृथ्वीराजमार्ग निस्कन सदरमुकाम दमौली हुँदै जानुपर्ने झन्झटको अन्त्य हुने भएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker