तनहुँमा दुर्घटनामा परी १ को मृत्यु, १ घाइते

- भञ्ज्याङ न्युज
तनहुँमा आइतबार दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी-३ मा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने उक्त दुर्घटनामा एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा मध्य नेपाल नगरपालिका-६ भोर्लेटार निवासी १७ वर्षीया अन्वेषा पौडेल हुन भने चितवनको भरतपुर नगरपालिकाका ५१ वर्षीय युवराज घिमिरे साधारण घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी गराए ।
मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको ना १९ प ९२४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको एनएल ०१ एन २९८६ नम्बरको ट्यांकरले ठक्कर दिंदा ट्यांकरको ठक्कर पश्चात मोटरसाइकल उछिटि्टएर ग ३ च २०८४ नम्बरको कारमा ठोक्किएर मोटरसाइकलमा सवार पौडेलको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।










