कम्यूनिष्टको “क” होइन अधिनायकवादको “अ” संगको हाम्रो लडाइ हो : नेता पौडेल (भिडियो सहित)

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कम्यूनिष्टको ‘क’ संग नभई अधिनायकवादको ‘अ’ संगको लडाइ भएको बताएका छन् । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री कोपी ओलीले दुइ/दुइ पटकसम्म संसद विघटन गरी संविधान विपरितको काम गरेको भन्दै उनले हामी अन्याय, अत्याचार र अधिनायकवादको अ संग विरोध र लडाइ गरिरहेको बताए । तनहुँका स्थानीय पालिका तथा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्रि लिएर गृहजिल्ला आइपुगेका वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस कम्यूनिष्टसंग मिल्नै हुँदैन् भन्ने कुरा विरालु बाँधेर श्राद्ध गर्ने परम्परा जस्तै हो भनेका छन्।

‘बिगतका घटनाक्रमलाई समेत समिक्षा गरी अहिलेको राजनीतिक घटनाक्रमको निकासका लागि कार्यगत एकताको आवश्यकता रहेको छ’, नेता पौडेलले भने, ‘मुलुकमा जब अधिनायकवाद हावि हुन्छ, जबजब जनताको अधिकार माथी एउटा साजिस, षड्यन्त्र, दुष्चक्र, प्रतिगामि कदम हुन्छ त्यसको खिलापमा देशका विभिन्न राजनीतिक पार्टीहरुले मिलेर आन्दोलन गरेको स्मरण गर्दै त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ ।’

‘प्रधानमन्त्री केपी ओली र्सवसत्तावाद, अधिनायकवादको घोडा चढेर सारा देशलाई ताबाह गर्ने बाटोमा हिड्का छन्’, नेता पौडेलले भने, ‘त्यसलाई नियन्त्रण गर्नका लागि यो परिवर्तनका पक्षधर लोकतन्त्रका पक्षधर, जनताका अधिकारको पक्षधरहरुले मिनिमम् अन्डरस्टान्डिक जोजोसंग मिल्छ, कोको मिलेर यसलाई रोक्न सकिन्छ त्यस तर्फअगाडि बढ्नुपर्छ ।’

‘चुनाव गराउनका लागि संसद विघटन गरिएको होइन, संसद विघटन र चुनावको गहिराइ र मर्ममा पुग्दा त्यति सजिलो छैन’, नेता पौडेलले भने, ‘यो चुनावले जुन एजेण्डा उठाउन खोजेको छ त्यो ७० वर्षलढेर ल्याएको परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रलाई उल्टाउने गरी योजनावद्ध ढुंगले चुनावलाई प्रयोग गर्न खोजिएको छ ।’

त्यस्तै, नेता पौडेलले संकटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् । राष्ट्र जोगाउन सक्ने नेतृत्व कांग्रेसलाई आवश्यक रहेको बताउँदै उनले मुलुक नयाँ युगमा प्रवेश गरेको दाबी गरेका छन् ।

‘पार्टीको सीमा पार गरेर प्रजातन्त्र जोगाउने कुरामा सबै अगाडी बढ्नुपर्छ’, उनले भने, ‘मुलुक दुइ ध्रुवमा विभाजित भएको छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’

‘हामी नयाँ युगमा प्रवेश गरेका छौ, त्यो भनेको संयुक्त सरकारको युग हो’, नेता पौडेलले भने, ‘संयुक्त सहकार्यताको जमाना आएको र हाम्रो संविधानले गरेको व्यवस्था अनुसार कसैले पनि बहुमत ल्याउने अवस्था नभएकाले कुनै न कुनै दलसंग तालमेल गरी संयुक्त सरकारको संस्कृतिलाई अगाडि बढ्नुको विकल्प छैन ।’

त्यस्तै, कांग्रेसका वरिष्ठ नेता पौडेलले जिल्लामा करिब ३५ लाख रुपैयाँ बराबरका कोरोना विरुद्धका स्वास्थ्य सामाग्रि उपलब्ध गराएका छन् । पौडेलले तनहुँका व्यास, शुक्लागण्डकी, भिमाद, भानु नगरपालिका, आँवुखैरेनी, देवघाट, बन्दिपुर, म्याग्दे, घिरिङ, ऋषिङ र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन् । उनले दमौली अस्पताल र जीपी कोइराला राष्ट्रिय श्वासप्रश्सवास उपचार केन्द्रका लागि पनि स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका छन् ।

जिल्ला समन्वय समिति तनहुँले संयोजन गरेको कार्यक्रममा नेता पौडेलले जिल्लामा ११ थान अक्सिजन कन्सन्ट्रेटर, फेसमास्क १३ हजार ५०, एन९५ मास्क १ हजार ३५०, पिपिई ४४०, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रि उपलब्ध गराएका छन् ।

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker