तनहुँ-१ उपचुनाव : एमाले उम्मेदवार खनाल मतदाताको घरदैलोमा

भञ्ज्याङ समाचारदाता/दमौली

वैशाख १० गते तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपचुनावमा नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगेका छन् ।

एमालेका उम्मेदवार खनाल सामान्य तरिकाले मतदातासँग भोट मागिरहेका छन् । मतदाताको घर घरमा पुगेर ‘नमस्कार है हजुर, म पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । राजनीतिको फोहोर सफा गर्न आएको छु । यसपाली हजुरहरुले मलाई जिताएर पठाउनुपर्‍यो’ भन्दै आफ्नो पक्षमा मत मागेका छन् ।

‘प्रहरीमा रहँदा पनि म प्रमुख थिएँ, अब राजनीति पनि सफा गर्नुपर्‍यो भनेर आएको छु । राजनीतिको फोहोर सफा गरेर देश विकासमा लाग्छु’, उनले मतदातालाई भनेका छन्, ‘हिजो प्रहरी प्रमुख हुँदासम्म जे जति गर्नुपर्ने थियो, त्यो गरेको तर अबचाहिँ संसद प्रवेश गरेर देश विकास गर्ने इच्छा लागेकाले चुनावमा आएको छु मौका दिनुहोला ।’

सहयोगीले चिनाएका खासगरी एमालेका मतदाता रहेका घरमा खनालले भोट माग्न पुगेका छन् । एमालेको भोट बाहिर नजाओस् भन्ने गरी एमाले तनहुँले चुनावी अभियान चलाएका छन् । एमालेको भोटमात्र जोगाउन सके कांग्रेसको भोट घण्टी र रुखमा बाँडिएको अवस्थामा चुनाव जित्न सकिने एमालेको आकलन छ ।

उनले मतदातालाई भने, ‘ढुक्क भएर मतदान गर्नुहोला, केही काम गरेर म यहाँ प्रमाणित गरेर देखाउँनेछु । हिजो पनि मैले मेरो ठाउँमा बसेर प्रमाणित गरेको हुँ । अब पनि काम गर्ने कुरामा म एकदम लाग्नेछु ।’

यस्तै, उम्मेदवार खनालले मतदातासंग तनहुँमा काम कसरी गर्नुपर्छ आफूले देखाउने पनि बताएका छन् । तनहुँको भानु नगरपालिकामा शनिबार आयोजित घरदैलोका क्रममा खनालले तनहुँको विकासका लागि आफू चुनावी मैदानमा होमिएको भन्दै विकास बाहेक केही स्वार्थ नरहेको बताए ।

तनहुँ क्षेत्र नम्बर १ मा अझै पनि विकासले गति लिन नसकेको भन्दै उनले थपे, ‘तनहुँमा विकास नभएकै हो, विकास भएको भए काम भएन है भनेर भन्नुपर्थेन । पाँच वर्षमा बन्नुपर्ने पुल १५ वर्षसम्म बनेको छैन ।’ प्रहरी महानिरीक्षक हुँदा जसरी सफलतापूर्वक जिम्मेवारी निभाए सांसदमा निर्वाचित भएपछि पनि कुशलतापूर्वक कार्यभार सम्हाल्ने उनले प्रतिबद्धता जनाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker