मनपाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाईले मनपाङ स्वाथ्य चौकी म्याग्दे ६ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एकाईले ५०० पिस मास्क, ५ लिटर सेनिटाइजर, १० वटा फेस सिल्ड, २ प्याक ग्लोब्स स्प्रे बक्स, डस्टि्बन १ थान मनपाङ स्वाथ्य चौकीका कर्मचारी हिमाल गुरुङलाई प्रदान गरेको छ ।
नागरिकका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको सम्मान तथा आत्मबल बढाउन भन्दै तनहुँ उद्योग वाणिज्य संघको कोभिड संकट व्यवस्थापन महाअभियान २०७८ अन्तर्गत सहयोग गरिएको एकाई सभापति भीमलाल श्रेष्ठले बताए । एकाईका पदाधिकारीको उपस्थितीमा चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीलाई सहयोग प्रदान गरिएको सचिव सुन्दरमणि अधिकारीले जानकारी दिए ।










