डाइभर्सन निर्माण पछि यातायात सञ्चालन

भञ्ज्याङ समाचारदाता/दमौली

बुद्धसिं मोटर मार्ग अन्तर्गत छाब्दी खोला पुल बाढीले बगाए पछि अवरुद्ध मार्ग सञ्चालनमा ल्याइएको छ । गत हप्ता अविरल झरीसंगै आएको छाब्दी खोलामा आएको बाढीले व्यास-१ र १३ जोड्ने पक्कीपुल भत्काएको थियो । व्यास नगरपालिकाको सक्रियतामा हृयूम पाइप राखिए अस्थायी डाइभर्सन निर्माण गरिएपछि यातायातका साधन सञ्चालनमा आएको पुल अनुगमन समितिका संयोजक यामबहादुर आलेले ट्याक्टर लगायतका साधन सञ्चालनमा आएको बताए ।

नेपाली सेना र सशस्त्र प्रहरीको श्रमदानबाट छाब्दी खोलामा डाइभर्सन निर्माण तयारी गरिएको छ । उक्त डाइभर्सन निर्माण कार्यको निवर्तमान सांसद कृष्ण कुमार श्रेष्ठ किसान र व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले निरीक्षण गरेका थिए ।
यस्तै, श्रेष्ठले संघ सरकारले बेलिब्रिज स्थापनामा सघाएको भन्दै उक्त कामका लागि आफु लागि परेको बताए। व्यास नगर प्रमुख न्यौपानेले नगरपालिकाले तत्काल आवतजावत खुलाउन डाइभर्सन निर्माणमा बजेट विनियोजन गरेको बताए । डाइभर्सन निर्माणसंगै बुद्धसिं मोटर मार्ग र भित्री तथा ग्रामीण सडक खण्डमा यातायात सञ्चालनमा सहज हुनुका साथै प्रभावित क्षेत्रका कृषकको उपजलाई बजारीकरणमा सहज भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker