दैनिक दुइ घण्टा दमौलीका बैंक सञ्चालन व्यवस्था मिलाउन व्यासको आग्रह

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले दैनिक विहान १० देखि १२ बजेसम्म बैंक खोल्ने व्यवस्था मिलाइदिन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र तनहुँलाई आग्रह गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको व्यास नगर कार्यपालिकाको नियमित बैठकले दैनिक २ घण्टा बैंक खोल्ने अनुमति प्रदान गर्न केन्द्रलाई सिफारिस गरेको हो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भईरहेको निषेद्याज्ञाको अबस्थामा वैंकहरुले प्रदान गर्दै आएको नियमित सेवा बन्द रहेकाले कोभिड-१९का संक्रमित घर परिवारले उपचारका लागि वैंकमा रहेको रकम समेत भुक्तानी लिन नपाउदा उपचारमा कठिनाइ भएको भन्ने गुनासो आएकाले २ घण्टा सेवा सञ्चालन गर्न स्थानीय बैंकहरुलाई र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र तनहुँलाई नगरपालिकाले अनुरोध गरेको नगरपालिकाका शाखा अधिकृत मेघराज आचार्यले जानकारी दिए ।स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्ड अपनाएर बढीमा ४ जना जनशक्ति परिचालन गरी बैंकका सेवा सञ्चालन गर्न सिफारिस गरिएको नगरपालिकाले जनाएको छ । साथै निषेद्याज्ञाको अवस्थामा पनि दमौलीका भित्री बाटा तथा सार्वजनिक स्थान र ग्रामीण वडामा मानिसहरुले स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै चहलपहल एवं भिडभाड गर्ने गरेको भेटिएकाले स्थानीय प्रहरी प्रशासनलाई कडाइका साथ सोको अनुगमन एवं निगरानी गर्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker