ऋषिङमा अझै विद्युत सेवा सहज भएन

भञ्ज्याङ समाचारदाता/काठमाडौं

बाढीपहिराका कारण ऋषिङ गाउँपालिकामा अझै विद्युत सेवा सहज बन्न सकेको छैन । असार २३ गते रातिदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा विद्युत् खम्बा ढलेपछि विद्युत्, खानेपानी र सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बाढीपहिरोले वडा नं. ४, ५ र ८ मा बढी क्षति भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए । विद्युत् लाइन नहुँदा मोबाइल चार्ज गर्न नपाउँदा सम्पर्क बिच्छेद भएको छ । स्थानीयवासी एक वडाबाट अर्को वडामा आवतजावत गर्न समस्या भएको छ भने झापुटार-काँहुशिवपुर चालिसे मार्गको ठाउँ ठाउँमा पहिरा खसेर अवरुद्ध हुँदा राजमार्गसँग बिच्छेद बनेको उनले बताए ।

खानेपानीको पाइप पहिराले बगाउँदा स्थानीयवासी टाढाबाट कुँवा र धाराको पानी ल्याएर खानुपर्ने अवस्था छ । ऋषिङ-७ डढीवनमा पहिराले पुरेर ५० वर्षीया देवीसरा थापा र ऋषिङ-८ माझकोटका गाउँपालिकाका ३८ वर्षीय सुरक्षा गार्ड खुमबहादुर आलेको मृत्यु भएको थियो ।

ऋषिङगाउँपालिका-८ अजम्बरी मन्दिर क्षेत्रमा रहेका पुराना संरचना पहिराले बगाएर क्षति भएको छ । निर्माण गरिएको नयाँ मन्दिरबाहेक पुराना कुवा तथा मन्दिर पहिराले पूर्ण क्षति भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

गाउँपालिकाभित्र १८ घरपरिवार पूर्ण क्षति भएपनि खाद्यान्न बाली केकति क्षति भयो त्यसको तथ्याङ्क लिने कार्य भइरहेको अध्यक्ष श्रेष्ठले बताए । तत्कालै अवरुद्ध सडक खुलाउनसक्ने अवस्था नभएकाले तत्कालका लागि आवतजावत गर्न बाटो खुलाउन पहल भइरहेको उनले बताए । गाउँपालिकाले अवरुद्ध सडक खुलाउन चाहे पनि पानी परिरहेकाले पहिरा हटाउन तथा पीडित परिवारलाई राहत वितरण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । अहिले बढी मूल्यमा खाद्यान्न लगायतका वस्तु खरीद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker