तनहुँको महिला उद्यमी विकास समितिको अध्यक्षमा पिया
भञ्ज्याङन्यूज

तनहुँ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको सभापतिमा रोशनी पिया सर्वसम्मत चयन भएकी छन् । समितिको मंगलबार सम्पन्न २८औं वार्षिक साधारण सभा तथा १२औं अधिवेशनबाट पियाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनबाट समितिको उपाध्यक्षमा संगिता प्रधान, कोषाध्यक्षमा कल्पना भट्टराइ, सदस्यहरुमा सपना श्रेष्ठ, कमला गुरुङ, ज्ञानुदेवी श्रेष्ठ, मुन्नी खातुन, गिता लम्साल, रफत साना मियाँ, सहिदा खातुन, रस्मिला ताम्राकार पिया, मञ्जु पिया श्रेष्ठ, शुसिलादेवी श्रेष्ठ चयन भएका छन् ।
यस्तै, नवनिर्वाचित सभापति पियाले सचिव पदमा बिमला श्रेष्ठलाई मनोनित गरेको तनहुँ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा अधिवेशनका प्रतिनिधि मथुराम श्रेष्ठले जानकारी गराए ।










