सुप्रिमको स्थापना दिवसको अवसर विद्यालयलाई सहयोग

भञ्ज्याङ समाचारदाता/म्याग्दे

म्याग्दे गाउँपालिका-४ स्थित सुप्रिम बचत तथा ऋण सहकारीले आफ्नो १५औ स्थापना दिवसको अवसर पारेर सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

सहकारीले सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत म्याग्देका ३ वटा बिद्यालयलाई प्रति विद्यालय ७ हजार ५ सयका दरले कुल २२ हजार ५ सय आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष मनोज अधिकारीले बताए ।

सहयोग पाउनेमा म्याग्दे १ मा रहेको महेन्द्र माध्यमिक बिद्यालय, म्याग्दे-२ को राधा माध्यमिक बिद्यालय र म्याग्दे ४ को मीन माध्यमिक बिद्यालय रहेको अधिकारीले बताए ।

सहकारी स्थापना दिवसको अवसरमा रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्दै आएकामा यसपटक विद्यालयले बस खरिद गर्न लागेको हुँदा आर्थिक सहयोग गरेको सहकारीका उपाध्यक्ष भिमलाल श्रेष्ठले बताए ।

सहकारीले मुख्य कार्यकारी रहेको थर्पु तथा शाखा कार्यालय रहेको गुणादी सेवा केन्द्रबाट पहिलो सेवा लिने सेवाग्राहीलाई सम्मान गरेको सहकारीका व्यवस्थापक रमेश श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker