कोरोना सङ्क्रमण र मृत्युदर घट्दै

पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ ।

यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने २१४ रहेको थियो । जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजार ७८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट तीन हजार ७०२ तथा एन्टिजेनबाट ६६७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या नेपालमा पाँच लाख ५३ हजार ४२२ पुगेको छ । हाल ७६३ सङ्क्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म चार लाख ४० हजार ९५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार २०५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७९ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख आठ हजार ८९७ सक्रिय सङ्क्रमित रहेका छन् । पिसिआर परीक्षण गराउनेको सङ्ख्या ३० लाख ४२ हजार ३६९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा पनि घट्दै सङ्क्रमितको सङ्ख्या

काठमाडौँ उपत्यकामा पनि पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । यही जेठ ९ गते उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८२१ रहेकामा आज सो सङ्ख्या घटेर एक हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८०४, ललितपुरमा १६८ तथा भक्तपुरमा ११३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३७७ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ७० हजार ३६२ सङ्क्रमित निको भएका छन् भने एक हजार ५९९ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल छ हजार ५२५ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २६ हजार १२५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ४३० सङ्क्रमितको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा चार हजार ५०१ सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १४ हजार ९६६ रहेको छ भने ३२१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker