व्यासको बैरेनीमा जग्गा एकिकरण आयोजना
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१० बैरेनीमा जग्गा एकिकरण कार्यक्रम अगाडि बढाउने भएको छ ।
नगरपालिकाले नगर सभाबाट समेत पारित गरेको आयोजना अघि बढाउन सहरी विकास तथा भवन निर्माण विभागले सहमति दिएपछि अब कामले गतिलिने बताइएको छ । विभागका महानिर्देशक नवराज प्याकुरेलको उपस्थितिमा राष्ट्रिय भूकम्प प्रविधि समाज एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठ, व्यास नगरपालिकाका वरिष्ठ इञ्जिनियर रवीन्द्रलाल मूल तथा इञ्जिनियर कपिल रिजाल समेतको बैठकले काम अघि बढाउने निर्णय गरेको हो ।
नगरपालिकाले पठाएको परिमार्जित मस्यौदालाई नै आयोजनाको रुपमा अध्ययन गरी काम अघि बढाउने निर्णय बैठकमा भएको वरिष्ठ इञ्जिनियर मूलले जानकारी गराए ।