तनहुँको सहिद लालध्वज मार्गका अध्यक्षसहित पाँच व्यक्तिउपर विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्गमा गैरकानुनी लाभ तथा हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन अध्यक्षसहित पाँच व्यक्तिउपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालीन अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ, भीमबहादुर गुरुङ, तत्कालीन सदस्य गणेशकुमार गुरुङ र तत्कालीन प्रोपराइटर विनोद श्रेष्ठउपर बिहीबार अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले निजहरुबाट रु ११ लाख ३४ हजार ५०० बिगो असुलको माग गरेको छ ।

तत्कालीन अध्यक्षसहित तीन व्यक्तिलाई रु सात लाख ६६ हजार ७००, सदस्य गुरुङलाई रु एक लाख १९ हजार ४०० र प्रोपराइटर श्रेष्ठलाई रु दुई लाख ४८ हजार ४०० बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ तथा ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन गरिएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्राविमाथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लगेर ग्राभेल गरेको तर बिल भर्पाइ फर्जी बनाएको आरोप लागेको छ ।

उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाबाट आर्थिक वर्ष २०७४/७५ मा नगरस्तरीय आयोजनाअन्तर्गत विनियोजन भएको रकम लागत स्टिमेट स्वीकृत भई उपभोक्ता समितिमार्फत सम्पन्न भएको कोत्रे–थप्रेक जोड्ने सहिद लालध्वज मार्ग सतरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीले मिलेमतोमा गैरकानुनी लाभ पु¥याउने र सरकारी रकम हानी–नोक्सानी पु¥याउने बदनियत देखिएको आयोगको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker