मृगौला पीडितलाई आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/ऋषिङ

तनहुँको ऋषिङ गाउँपालिका-८ पल्ट्याङ निवासी दुबै मृगौला खराब भएका ३६ बर्षीय खिमबहादुर नेपालीलाई उपचारको लागि साउदीबाट एक लाख बढी आर्थिक सहयोग जुटेको छ । ऋषिङ-८ निवासी हाल साउदीमा कार्यरत रामबहादुर नेपालीको सक्रियतामा साउदी स्थित अल्मर्राई कम्पनीमा कार्यरत, अलसफी र अलनाडामा कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग गरेका हुन् ।
साउदीबाट पठाइएको एक लाख सात हजार ७५० नगद र ५५ हजार नेपाल बैकको खाता नम्बरमा जम्मा गरिएको समेत गरी कूल एक लाख ६२ हजार ७५० रुपैयाँ मृगौला पीडित खिम नेपालीलाई राष्ट्रिय दलित पत्रकार संघ तनहुँका अध्यक्ष एस.बि. नेपाली मार्फत हस्तान्तरण गरिएको छ ।










