दमौलीस्थित व्यासगुफामा एकमहिने विश्व ॐकार पर्व

दमौली : व्यास ऋषिको तपोभूमि व्यास नगरपालिका–३ व्यासगुफा क्षेत्रमा एकमहिने दशौँ विश्व ऊँकार तथा हिन्दू महामिलन पर्वका साथै श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

वेदअनुयायी प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा महामिलन पर्व कात्तिक १ गतेदेखि कात्तिक मसान्तसम्म र श्रीमद्भागवत महायज्ञ कात्तिक ९ देखि १७ गतेसम्म सञ्चालन गर्न लागेको हो । महामिलन पर्वको सन्त ओमबाबा र महायज्ञको प्राध्यापक आचार्य हरिहरण उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराइएको हो ।

ऋषिपराशरको तपोभूमि मातासत्यवतीको क्रिडास्थली र महर्षि वेदव्यासको अवतरणस्थल शुक्लामाहेन्द्रीको संगममा धार्मिकस्थल व्यास प्रयाग रहेको छ । विगतका वर्षझै यस वर्ष पनि विश्व ॐकार तथा हिन्दू महामिलन पर्वलाई निरन्तरता दिइएको प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले बताए ।

महर्षि वेदव्यासको अवतदण भूमिलाई विश्व मञ्चमा पहिचान गराई व्यास प्रयागतीर्थका रूपमा पहिचान गराउन सहयोग पुग्ने विश्वास लिइएको सो प्रतिष्ठानले जनाएको छ ।

“श्रीमद्भागवत भागवत ज्ञान महायज्ञ हामी सबै गाउँ, नगर, देशवासी विश्व ॐकार परिवार र वेदानुयायीहरूको साझा कार्यक्रम हो”, उनले भने, “यज्ञमा सबै जातजाति, वर्ण, लिङ्ग सम्प्रदायको सहभागिता गराइनेछ ।”

काफ्लेले भने, “भागवत सप्ताह लगाउने सबैको चाहना हुने तर लगाउने समय र अर्थ परिवेश वातावरणका कारण लगाउन सकिरहेका हुँदैनन् त्यस्ता महानुभावहरूले यज्ञमा कर्ताका रूपमा उपस्थित भई आफ्नो अभिष्ट शिद्ध गर्न सक्नेछन् ।”

प्रतिष्ठानले महायज्ञमा कर्ता बस्न चाहनेका लागि रु २५ हजार न्यूनतम शुल्क निर्धारण गरेको छ। महायज्ञमा रुद्री, बण्डी, वेद, प्राणको पाठपारायण ग्रहशान्ति, कालसर्प योग शान्तिकर्मसँगै सञ्चालन हुने समितिका उपाध्यक्ष ऋषिराम ढुङ्गानाले बताए ।

उनका अनुसार कर्ता हुनेले आ–आफ्ना पितृहरूको फोटा र बितेको ठाउँको माटो ल्याउनुपर्ने हुन्छ। व्यक्ति, संघसंस्था वा टोल, समूह पनि कर्ता बन्न पाइने व्यवस्था छ। कात्तिक १ गतेका दिन विश्व ॐकार तथा हिन्दू महामिलन पर्व बिहान ११ः०० बजे दमौलीमा शोभायात्रा गरी कार्यक्रमको उद्घाटन गरिने प्रतिष्ठानले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker