एसओएस वालग्रामद्वारा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्रि सहयोग

भञ्ज्याङ न्यूज

एसओएस वालग्राम तनहुँद्वारा दमौली अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । देशमा बढ्दै गईरहेको कोभिड-१९ संक्रमितहरुलाई स्वास्थ्य सेवामा सहज बनाउने उद्देश्यले दमौली अस्पतालका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको एसओएस वालग्राम गण्डकीका योजना निर्देशक भगत कुमार श्रेष्ठले बताएका छन् ।

संस्थानै समाजिक उत्तरदायित्व अर्न्तर्गत काम गर्ने भएको हुँदा समुदायमा रहेको समस्यामा आफुहरुले सक्दो सहयोग गर्ने एसओएस वालग्राम गण्डकीका योजना निर्देशक प्रदिपभक्त आचार्यले बताए ।

व्यास नगरपालिका-१३ र १४ मा संचालित समुदायमा आधारित परिवार सवलिकरण कार्यक्रम अर्न्तर्गत समाजिक जवाफदेहिता अर्न्तर्गत व्यास नगरपालिकाका प्रमखु बैकुण्ठ न्यौपानेलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख न्यौपानेले वालग्रामको उक्त कार्य अति सह्रानीय भएको बताए । देश नै कोभिडको चपेटामा रहेको समयमा संस्थाले स्वास्थ्यसँग सम्वन्धित समाग्री हस्तान्तरण गरेर समाजिक उत्तरदायित्व वहन गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

संस्थाले ४० लिटरको अक्सिजन सहितको ५ थान अक्सिजन सिलिण्डर, ५ सेट वेड, ५० थान पिपिई सेट, ६० थान फिल्ड सेट, १०० थान एन नाईन्टिफाईभ मास्क, हृयाण्ड स्यानिर्टाईजर २० लिटर, ग्लोब्स १००० थान संस्थाले उपलब्ध गराएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदिपराज अधिकारीले बताए । उनले वालग्रामले उपलब्ध गराएको स्वास्थ्य समाग्रीले अस्पतालमा उपचाररत संक्रमितको उपचारमा मद्दत पुग्ने बताए ।

उक्त अवसरमा अस्पतालका प्रमुख डा. सुनिल पोडेल, व्यास नगरपालिकाका प्रशाशकीय अधिकृत मेघनाथ आचार्य, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, व्यास-१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ लगायत संस्थाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker