तनहुँमा असोज १२ गतेसम्म निषेधाज्ञा : सभा, सम्मेलन, प्रदर्शन गर्न रोक (निर्देशनसहित)

भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले असोज १२ गतेसम्म निषेधाज्ञा लाई निरन्तरता दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्त बरालको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णयानुसार प्रशासनले निषेधाज्ञा अवधि लम्ब्याएको हो ।

कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै प्रशासनले भौतिक रुपमा उपस्थित भई गरिने सबै प्रकारका सभा, सम्मेलन, प्रदर्शन, भेला तथा जात्रा तथा महोत्सव सञ्चालन नगराउन प्रशासनले आग्रह गरेको छ ।

कानून बमोजिम गर्नैपर्ने साधारण सभा/सम्मेलन/अधिवेशनको हकमा नेपाल सरकारबाट निर्धारित जनस्वास्थ्यका मापदण्ड पालना गर्ने/गराउने सुनिश्चितता गरी जिल्ला कोभिड-१९ व्यवस्थापन समितिलाई अग्रिम जानकारी गराइ सञ्चालन गर्न सकिने प्रशानले भनेको ।

यस्तै, विद्यालय र कलेज स्वास्थ्य मापदण्ड पालना गरी खोल्न प्रशासनले अनुमति दिएको छ । विद्यालय सिकाई सहजीकरण निर्देशिका, २०७७ र कोभिड-१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ मा उल्लेखित सूचक अनुसार जोखिमको स्कोरिङ तथा विश्लेषण गरी विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयानुसार आवश्यक व्यवस्थान गर्न सक्ने प्रशासनले जनाएको छ ।

तनहुँमा गत वैशाख २३ गतेबाट जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै सबै क्षेत्र खुल्ला गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै जारी गरिएको निषेधाज्ञा खुकुलो बनाएसंगै अहिले शिक्षण संस्थादेखि सबै क्षेत्र खुलेका छन् ।

पार्टी प्यालेसको हकमा स्वास्थ्य प्रोटेकलको पूर्णपालना गरी कूल क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी बेलुका ६ बजेभित्र मात्र सञ्चालन गर्ने गराउने, रेस्टुरेन्ट बेलुका ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न गराउन अनुमति प्रदान गरिएको छ । अन्य सञ्चालन गर्न अनुमति दिइएका सेवा तथा व्यवसाय बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

यस्तै, सवारी साधानहरुले सिट क्षमताभित्र रही अनिवार्यरूपमा सबै यात्रीले मास्क लगाउने, चालक, सहचालकले मास्क फेससिल्ड, पञ्जा लगाउने, गाडीको ढोकामा स्यानिटाइजर राख्ने र प्रयोग गर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सञ्चालन गर्न गराउन लगाउने निर्णय गरिएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेपछि नागरिक स्तरबाट लापरवाही समेत बढेको छ । संक्रमितको संख्या घट्ने बढ्ने भएको छ ।

संक्रमण, मृत्यु, अस्पतालको पूर्वाधार, जनस्वास्थ्य मापदण्ड कार्यान्वयनको अवस्थालाई हेरेर कार्यविधिमा चार रङमा विभाजन गरिएको छ । जसमा रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गर्ने कार्यविधिमा उल्लेख छ । सोही कार्यविधि अनुसार जिल्लाका पालिकाको संक्रमणको अवस्थालाई अध्ययन गरी लकडाउन गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker