नेकपा एमाले तनहुँको छ पालिकामा सर्वसम्मत, ४ पालिकामा अधिवेशन गर्न बाँकी

भञ्ज्याङ न्यूज

नेकपा एमाले तनहुँको अधिवेशन अन्तरगत छ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। पार्टीको मंगलवारबाट शुरु भएको प्रथम अधिवेशनले जिल्लाका १० स्थानीय तह मध्ये छ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

अधिवेशनले व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र बहादुर अधिकारी चयन भएका छन । कमिटीको उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिव ज्ञानेन्द्र बसौला र उपसचिवमा मधुविलास पण्डित र सिता थापा पाण्डे सहित ७५ सदस्यीय नगर कमिटी बनाइएको छ ।

आँबुखैरेनी गाउँकमिटीमा मिना अधिकारीको नेतृत्वमा ५५ सदस्य गाउँ कमिटी चयन गरिएको छ। गाउँ कमिटीको उपाध्यक्षमा चन्द्र बहादुर थापा, सचिव बेल बहादुर गुरुङ, उपसचिव जलामुद्दिन मियाँ र पूर्ण बहादुर आले मगर चयन भएका छन् ।

त्यस्तै बन्दिपुर गाउँ कमिटीमा सुरेन्द्र थापाको नेतृत्वमा ५५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ । गाउँ कमिटीको उपाध्यक्षमा शिव कुमार श्रेष्ठ, सचिव कुलेन्द्र गौतम, उपसचिव रबि श्रेष्ठ र अमिर गुरुङ चयन भएका छन ।

भानु नगर कमिटीको अध्यक्षमा प्रेम राना चयन भएका छन । नगरकमिटीको उपाध्यक्षमा दलनारायण श्रेष्ठ, सचिव परशुराम गिरी र उपसचिव रुपा लामा र देव भुजेल सहित ७५ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

शुक्लागण्डकी नगर कमिटीमा मुक्ति तिमिल्सेनाको अध्यक्षतामा ७५ सदस्यीय नेतृत्व चयन गरिएको छ । नगर कमिटीको उपाध्यक्षमा इन्द्र गुरुङ, सचिव रघुनाथ पौडेल र उपसचिवमा विष्णुमाया ढकाल र युवराज भट्टर्राई चयन भएका छन् ।

भिमाद नगर कमिटीमा इमान थापाको नेतृत्वमा ७५ सदस्यी नगरकमिटी सर्वसम्मत चयन गरिएको छ । नगरकमिटीको उपाध्यक्षमा चतुर्भुज सेवदी, सचिव उमाकान्त श्रेष्ठ, उपसचिवमा पदमसेन ठकुरी र भिमसेन थापा चयन भएका छन् ।

यस्तै, जिल्लाको ऋषिङ गाउँपालिकामा विहीबार अधिवेशन हुँदै छ भने, घिरिङ र म्याग्दे गाउँपालिकमा १५ गते, देवघाट गाउँपालिकामा १४ गते अधिवेशन गर्ने तयारी भएको नेकपा एमाले तनहुँका कार्यलय सचिव राजेश्वर ढकालले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker