तनहुँको भानु नगरपालिकाले विद्यालयको वार्षिक परीक्षा सञ्चालन नगर्ने

भञ्ज्याङ न्यूज

कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले तनहुँको भानु नगरपालिकाका विद्यालयमा वाषिर्क परीक्षा नहुने भएको छ । गरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको छ । कोरोना महामारीका कारण भौतिकरूपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवाषिर्क परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन गरेको छ ।

नगरपालिकाले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्र २०७७ लाई थप दुइ महिना विस्तार गरी २०७८ जेठ मसान्तसम्म पुर्‍याएकोमा सो समयावधि भित्र सम्पन्न गर्नुपर्ने सबै शैक्षिक एवं प्रशासनिक कार्यहरु सम्पन्न गरी नयाँ शैक्षिक सत्र २०७८ असार १ गतेदेखि शुरु गर्नुपर्ने अवस्था रहेको जानकारी गराएको छ ।

नगरपालिकाको जेठ ५ गतेको निर्णय अनुसार सबै विद्यालयहरुले कक्षा १-७ र कक्षा ९ को वार्षिक परीक्षा पाठ्याक्रमले निर्दिष्ट गरेबमोजिम तथा पाठयक्रम समायोजना दाँचा २०७७ को प्रक्रिया बमोजिम चालु शैक्षिक सत्रमा सञ्चालन त्रैमासिक, अर्धवार्षिक एवं आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न अनुरोध गरिएको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी गराएका छन् ।

नगरपालिकाले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य आगामी असार १ गतेदेखि मात्र शुरु हुने गरी निर्णय भएकाले सोहीबमोजिम गर्न विद्यालयका नाममा सूचनासमेत जारी गरेको छ । कक्षा ८ को वाषिर्क परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने शिक्षा शाखाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker