तनहुँमा क्षेत्र, प्रदेश र पालिकामा अनेरास्ववियुको इन्चार्ज
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु तनहुँले जिल्लाका दुइ क्षेत्र, चार प्रदेश क्षेत्र र दश पालिकामा इन्चार्ज र संयोजक चयन गरेको छ । अनुरास्ववियु तनहुँको हालै बसेको पदाधिकारी बैठकले इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको हो । बैठकले कात्तिक २० गतेभित्र सम्पूर्ण पालिकाको भेला, कात्तिक २५ गते प्रदेश क्षेत्रको भेला र मंसिर ५ गतेभित्र संघ क्षेत्रको भेला गर्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नविन वाग्लेले बताए ।
तनहुँ क्षेत्र नं. २ को इन्चार्जमा लेनिन विशाल र संयोजकमा निशा श्रेष्ठ, क्षेत्र नं. १ को इन्चार्जमा महेन्द्र श्रेष्ठ र संयोजकमा रोशन कंडेल चयन भएका छन् । क्षेत्र नं. १ (क) को इन्चार्जमा रोशन कंडेल र संयोजकमा सुमित पन्थ, क्षेत्र नं. १ (ख) को इन्चार्जमा विकास ढकाल र संयोजकमा सुदिप थापा मगर, क्षेत्र नं. २ (क) को इन्चार्जमा सुमन आचार्य र संयोजकमा प्रेमराज तिवारी तथा क्षेत्र नं. २ (ख) को इन्चार्जमा आकाश गिरी र संयोजकमा सन्जु विक संयोजक चयन भएका छन् ।
यसैगरी व्यास नगरपालिकाको इन्चार्जमा विकास गुरुङ र संयोजकमा सागर पन्थ, शुक्लागण्डी नगरपालिकाको इन्चार्जमा सुजन तिमिल्सिना र संयोजकमा लक्ष्मण पौडेल, भिमाद नगरपालिकाको इन्चार्जमा शिवप्रसाद गैह्रे र संयोजकमा सुनिल लम्साल, भानु नगरपालिकाको इन्चार्जमा सुजन पौडेल र संयोजकमा विशाल बजगाई चयन भएका छन्
म्याग्देको इन्चार्जमा रमिन घिमिरे र संयोजकमा विधान रानाभाट, घिरिङको इन्चार्जमा कविराज खनाल र संयोजकमा अमृत थापा, ऋषिङको इन्चार्जमा अनुश गिरी र संयोजकमा कविता ढकाल, बन्दिपुरको इन्चार्जमा सुनिल बसौला र संयोजकमा सुरेन्द्र थापा, देवघाटको इन्चार्जमा सम्राट अधिकारी र संयोजकमा समिर गुरुङ, आँवुखैरेनीको इन्चार्जमा सुदिप थापा मगर र संयोजकमा सुवास केसी चयन भएका छन् ।










