तनहुँको आँबुखैरेनीमा आज कृष्ण जन्माष्टमी मेला

तनहुँको आँबुखैरेनीमा आज सोमबार कृष्ण जन्माष्टमी मेला आयोजना गरिएको छ । आँबुखैरेनी संस्कृती संरक्षण मञ्चको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेला आयोजना गरिएको हो ।
तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको सहआयोजना तथा आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा मेला आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए ।
मेलाका अवसरमा आयोजना हुने लाइभ कन्सर्टमा नितिशजंग कुंवर र समृद्धि राई, माइत एण्ड घर तथा स्थानीय ब्याण्ड, सपोर्टरः क्रेजी नेपाल ब्याण्डको प्रस्तुती रहने जनाइएको छ ।
लोकतर्फ सन्दिप चेपाङ, चन्द्र परियार, पृथ्वी गुरुङ, कमल सापकोटा, संगिता चेपाङ, मुना रोका, गोबिन्द बाबु रिजाल तथा हास्य कलाकार अन्जन क्षेत्रीको प्रस्तुती रहने छ ।
आयोजकका अनुसार विहान ७ बजे होपा चा कार्यक्रम हुनेछ जसमा सबै टोलमा विभिन्न भेषभुषा सहित बजार परिक्रमा गरी निमन्त्रणा गरिनेछ । दिन दिउँसो ४ बजेबाट झाँकी ¥याली आँबुखैरेनी गाउँपालिका प्राङ्गणवाट सुरुवात हुनेछ ।
झाकी ¥यालीमै कृष्ण प्रदर्शनी, कुमारी प्रदर्शनी, नेवारी नाँच, धिमे, लाख नाँच, टाकटुके, चुड्का नाँच, घाँटु नाँच, देउडा, झाक्री प्रदर्शनी,कुमाल नाँच, ब्रामण समाज प्रस्तुती, रोपाई जात्रा, पञ्चे बाँजा लगायत विविध सांस्कृतिक प्रस्तुती देखाइनेछ ।
लाइभ कन्सर्ट र सांस्कृतिक प्रस्तुती राती १२ बजेसम्म हुने र चुड्का, घाटी रातभर सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा गोरखा, लम्जुङ, चितवन, डुम्रे, दमौली, बन्दिपुर, मुग्लिङ, पोखरा, काठमाडौंबाट दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । मेलाको करिब ३५ हजारले अवलोकन गर्ने अनुमान छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker