व्यास नगरपालिकाका प्रत्येक वडालाई एक करोडको बजेट सीमा

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि एक करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गर्न प्रस्ताव गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैंठकले संघ, प्रदेशबाट प्राप्त सिमा र आन्तरिक आयको विश्लेषण गरी नगरपालिका श्रोत सिमा निर्धारण समितिको निर्णयानुसार नगरका प्रत्येक वडालाई एक करोड रुपैयाँ बराबरको बजेट निर्धारण गर्ने प्रस्ताव पारित गरेको हो ।

कार्यपालिका बैंठकले सबै जनप्रतिनिधिहरुको नागरीक सरोकारका विषयमा सहभागिता एवं वडा, पालिका गतिविधिहरुमा संलग्न भएको दैनिक अभिलेख राखि व्यवस्थापन गर्ने निर्णय गरेको छ । यस्तै, हालसालै आएको हावाहुरी, असिना पानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडाहरुमा पारेको असरको विवरण संकलन गरी सात दिन भित्र वडा विपद् समितिबाट निर्णय गराइ नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समिति कृयाशिल हुने निर्णय बैठकले गरेको छ । बैठकले वर्षादको यस अवधिमा सतर्क रहन आम नगरवासीलाई अनुरोध समेत गरेको छ ।

बैंठकले सम्बन्धित शिक्षक, विद्यालय व्यवस्थापन समिति र वडा अध्यक्षहरुको सहमति समेतमा शिक्षक दरबन्दी मिलान एवं शिक्षक सरुवा प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ । व्यास नगरपालिका-९ स्थित बसाहस्थान माध्यमिक विद्यालयमा कक्षा ६, ७, ८, ९, १० मा आवासीय विद्यार्थी भर्ना गरी समता विद्यालय सञ्चालन गर्न अनुमति दिने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

यस्तै बैंठकले नगरपालिका अन्तर्गत सञ्चालन हुने सार्वजनिक समारोहलाई व्यवस्थित गर्न सार्वजनिक समारोह सञ्चालन कार्यविधि, २०८० र महिला स्वयंसेविकाहरुका लागि प्रोत्साहित गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वंयसेविका प्रोत्साहन कार्यविधि, २०८० पारित गर्ने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker