दुइ पालिकाको लगानीमा मितेरी पुल

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको शुक्लागण्डकी नगरपालिका-७ र म्याग्दे गाउँपालिका-५ साउनेपानी जोड्ने मोटरेवल मितेरी पुलको निर्माण कार्य शुरु भएको छ। दुइ स्थानीय सरकारको लगानीमा बन्न लागेको पुलको विहीबार शिलान्यास गरिएको छ । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ र म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले पुलको संयुक्त रुपमा शिलान्यास गरेका हुन् । पुल शिलान्यस समारोहमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख गुरुङले यो पुलले दुइ पालिकाबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताए । उनले पुल निर्माण भएपछि म्याग्देवासीले सुविधा पाउने र शुक्लागण्डकीका व्यवसायीले उपभोक्ता पाउने भन्दै पुल समयमै सक्न सबैले चासो र सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, म्याग्दे गाउँपालिका अध्यक्ष रानाले दुइ पालिकाको लगानीमा बन्ने पुलको शुभारम्भ गर्न पाउँदा गर्व लागेको बताइन् । उनले म्याग्दे-५ का वडावासीका लागि आउजाउ गर्न पुल अत्यन्त आवश्यक देखिएको भन्दै बाहिरबाट हेर्दा कुम्लेखोलाको पुल र दोभानको पुलको बीचमा देखिए पनि व्यवहारत पुल बनाउनै पर्ने देखिएकाले पुल निर्माणको थालनी गरिएको अध्यक्ष रानाको भनाई छ । म्याग्देको आग्रहमा शुक्लागण्डकी नगरपालिका साझेदारीमा काम गर्न तयार भएको भन्दै उनले नगरपालिकाप्रति हार्दिकता प्रकट गरिन् ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जुनसुकै निर्माण कार्यमा ठेकेदारले दुःख दिने, समयमा काम नसक्ने र सम्पर्कविहिन भइदिने समस्या रहेको भन्दै यस योजना समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले यसअघिका योजनाहरु अधुरै छाडेर बेपत्ता भएका निर्माण व्यवसायीलाई प्रशासन लगाएर समातिएको घट्ना सुनाउँदै उपाध्यक्ष घिमिरेले पुल निर्माणको विषयमा उपभोक्ताले पनि ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा शुक्लागण्डकी-७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापा, म्याग्दे-५ का वडाध्यक्ष शिवबहादुर आले, वडा नं ६ का वडाध्यक्ष बसन थापा मगर लगायतले काम समयमै सक्न सबैले आ आफ्नो ठाउँबाट सहयोग एवं निग्रानी गर्नुपर्ने बताए ।

स्थानीय खुमबहादुर राइले मोटरेवल पुल नहुँदा धेरै समस्या भएको बताए । उनले विरामी हुँदा अस्पताल लैजान, बच्चाहरुलाई स्कुल पठाउन, सामान ढुवानी गर्न, उत्पादित कृषि उपज विक्री वितरण गर्न बोकेरै लैजानुपर्ने बाध्यता रहेको गुनासो गरे । पुल बन्ने भएपछि स्थानीयमा खुसियाली छाएको छ । उनका अनुसार यस पुलबाट साउनेपानी, भुलभुले, बौलाहा ओढार लगायतका सयौँ घरधुरीका बासिन्दा लाभान्वित हुने भएका छन् ।

प्राविधिकले पुलको कुल लागत २ करोड १२ लाख इस्टिमेट गरे पनि कम्पनीसंग एक करोड ४० लाख ४३ हजार १४५ रुपैयाँमा सम्झौता भएको छ । कुल लागतमा शुक्लागण्डकी नगरपालिकाले ७० लाख २१ हजार ५७२ रुपैयाँ र म्याग्दे गाउँपालिकाले पनि ७० लाख २१ हजार ५७२ रुपैयाँ व्यहोर्ने सहमती भएको वडा नं ५ का वडाध्यक्ष शिवबहादुर आलेले जानकारी दिए । उनका अनुसार शुक्लागण्डकीले ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । पुल निर्माणको ठेक्का काश्यप निर्माण सेवा एण्ड सप्लायर्स कलङ्की काठमाडौँले पाएको छ । उक्त पुल आगामी बर्ष२०७९ मंसिर ०५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ । पुल बक्स कल्भर्ट डिजाइनमा बन्ने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker