बन्दीपुर बजारका खाद्य पसलमा अनुगमन

बन्दीपुर : बन्दीपुर गाउँपालिका तथा विभिन्न सरोकारवाला निकायहरूको संयुक्त सहभागितामा बन्दीपुर बजार क्षेत्रका खाद्य पसलहरूको अनुगमन तथा निरीक्षण गरिएको छ । अनुगमनमा बन्दीपुर गाउँपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, इलाका प्रहरी कार्यालय बन्दीपुर, पर्यटन प्रहरी, बन्दीपुर नगर प्रहरी, उद्योग वाणिज्य संघ बन्दीपुर, होटल व्यवसायी संघ, क्षेत्रीय होटल संघ तथा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) बन्दीपुर लगायतको सहभागिता रहेको थियो ।

बढ्दो ग्यास अभावको अवस्था र बजारमा बिक्री वितरण भइरहेका खाद्य तथा पेय पदार्थको गुणस्तरलाई ध्यानमा राख्दै अनुगमन गरिएको थियो । अनुगमनका क्रममा करिब १२ हजार २३० रुपैयाँ बराबरका म्याद नाघेका तथा खान अयोग्य खाद्य सामग्री नष्ट गरिएको छ ।

अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य पदार्थसँग अखाद्य वस्तु मिसाएर नराख्न, पहिले ल्याइएका सामग्री पहिल्यै बिक्री गर्न (फस्ट इन, फस्ट आउट प्रणाली अपनाउन), मदिराजन्य पेय पदार्थको गुणस्तर सुनिश्चित गरेर मात्र खरिद गर्न, म्याद नाघेका वस्तुहरू बिक्रीस्थलबाट हटाएर अलग्गै राख्न, ग्यास अभावका बेला वितरणमा भेदभाव नगर्न तथा अभिलेख राखेर मात्रै ग्यास बिक्री गर्न निर्देशन दिएको छ ।

अनुगमनमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, खाद्य डिभिजन प्रमुख ज्योति आचार्य, खाद्य निरीक्षण अधिकृत सन्तोष थापा मगर, इलाका प्रहरी कार्यालय बन्दिपुरका प्रहरी नायब निरीक्षक ईश्वर दुलाल, सूचना प्रविधि अधिकृत विशाल न्यौपाने, राजश्व शाखा प्रमुख राधिका श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker