तनहुँमा ६८ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ ।

भानु नगरपालिकामा पाँच, व्यासमा ६, शुक्लागण्डकीमा एक, भिमादमा दुई, ऋषिङ गाउँपालिकामा एक र आँबुखैरेनीमा चार सक्रिय सङ्क्रमित रहेका छन् । हाल बन्दीपुर, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिका कोरोनाबाट मुक्त छन् ।

जिल्लामा पाँच हजार ४०० जनालाई कोरोना सङ्क्रमण भएकामा पाँच हजार २५१ निको भएका छन् । यस वर्ष कोरोनाबाट १३० सङ्क्रमितको मृत्यु भएको छ । अठार वर्षमाथिका दुई लाख २९ हजार ३४७ जनामध्ये एक लाख ५७ हजार २८१ जना (६८.६ प्रतिशत)ले खोपको पूर्ण मात्रा लगाएका छन् ।

यस्तै १२ देखि १७ वर्ष उमेरसम्मका ३९ हजार ४३४ मध्ये ३१ हजार ८१२ जना (८०.७ प्रतिशत)ले मोडर्ना खोप लगाएका छन् । भानुका २१ हजार ७५५ व्यासका ४८ हजार ३१५, म्याग्देका ११ हजार ८७३, शुक्लागण्डकीका १५ हजार ५५३, भिमादका १५ हजार ३१२, घिरिङका ६ हजार ७६८, ऋषिङका नौ हजार ५३, देवघाटका ६ हजार ५६३, बन्दीपुरका नौ हजार ४०० र आँबुखैरेनीका १२ हजार ६८९ जनाले खोपको पूर्ण मात्रा लगाएको कार्यालयले जनाएको छ ।

यसैगरी भानुका तीन हजार २२०, व्यासका आठ हजार ९५७, म्याग्देका एक हजार ४६४ र शुक्लागण्डकीका पाँच हजार ७८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन् । भिमादका दुई हजार ८७९, घिरिङका एक हजार ३१८, ऋषिङका दुई हजार १२५, देवघाटका एक हजार ५३४, बन्दीपुरका दुई हजार दुई र आँबुखैरेनीका दुई हजार ५२५ जनाले मोडर्ना खोप लगाएको कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker