सिंगुसले चिल्दा बन्दीपुरको भुँडाटारका तीन जना घाइते

भञ्ज्याङन्यूज

सिंगुसले चिल्दा तनहुँको बन्दीपुर गाउँपालिका-१ को भुँडाटारका तीन जना घाइते भएका छन् ।

बुधबार बिहान स्थानीय ६३ वर्षीया लक्ष्मी पाण्डे घाँस काट्नका लागि घर नजिकै वन छेउमा पुग्दा ठूलो हुलमा आएका सिंगुसले चिलेर गम्भिर घाइते बनाएको उनका श्रीमान् टेकनाथ पाण्डेले जानकारी गराए ।

घाइते पाण्डेको चितवन मेडिकल कलेजमा आईसियुमा राखेर उपचार भैरहेको श्रीमान टेकनाथले बताए ।

यस्तै, दिउँसो करिब ४ बजेको समयमा सोही ठाउँमा बस्ने अन्दाजी ५० वर्षका जितबहादुर नेपाली र उनकी २० वर्षीया छोरी सन्सिता नेपालीलाई पनि सिँगुसले चिलेर घाइते बनाएको छ ।

जितबहादुरलाई सयभन्दा बढी र छोरी सन्सितालाई १५/२० वटाले चिलेर घाइते बनाएको बन्दीपुर-१ का वडा सदस्य प्रेमबहादुर शाहीले जानकारी गराए ।

घाइते दुबै जनाको डुम्रेस्थित मोति मेडिकल हल डुम्रेमा उपचार गरिएको वडा अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker