तनहुँमा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप
भञ्ज्याङ समाचारदाता/दमौली

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप शिविर सञ्चालन गरेको छ । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौं, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र तनहुँ र व्यास नगरपालिकाका पशु चिकित्सकहरुको संयुक्त टोलीले दमौलीमा दुइ दिने कुकुरको बन्ध्याकरण र रेबिज बिरुद्दको खोप शिविर सञ्चालन गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।
‘छाडा कुकुर नियन्त्रण तथा ब्यवस्थापनको लागि कुकुर बन्ध्याकरण गर्न सुरु गरिएकको हो’, प्रमुख डा. श्रेष्ठले भने, ‘बन्ध्याकरणले छाडा कुकुरको जनसंख्या घटाउन र कुकुरकै कारण बढने सडक दुर्घटनामा कमी ल्याउनुका साथै प्राणघातक रेबिज रोग संक्रमणमा पनि न्यूनिकरण आउने हाम्रो अपेक्षा छ ।’
छाडा कुकुर नियन्त्रण गर्न पनि यस्ता कार्यक्रम हरेक वर्ष सञ्चालन गर्ने योजना कार्यालयले बताएको उनले बताए । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य कुकुरबाट लाग्ने रेविज रोगलाई नियन्त्रण गर्नुपनि हो । शिविरको पहिलो दिन मंगलबार ८५ वटा कुकुरको बन्ध्यकरण र रेविज विरुद्धको खोप लगाइएको छ ।’
नेपाल सरकारको सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिज उन्मुलन गर्ने कार्यलाई मध्यनजर गर्दै कुकुरलाई रेविज विरुद्दको भ्याक्सिन पनि दिईएको कार्यालयका प्रमुख डा. श्रेष्ठले बताए ।
बन्ध्याकरण र खोप लगाइएका कुकुरको देब्रे पट्टीको कानमा काटेर चिन्ह लगाउने गरिएको केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंका डा. अर्जुन अर्यालले बताए । उनका अनुसार कुनै कुकुरले टोकिहाल्यो भने उक्त चिन्हले कुकुरमा खोप लगाएको र बन्ध्याकरण गरेको थाहा पाउन सजिलो हुने छ । शिविरमा ६ जना र्सजनको टीम कुकुरको अप्रेशनमा खट्टएिका छन् ।